Tanahun Awaj
समाचार

तीन पत्रकार पुरस्कृत

दमौली/बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिडेटद्वारा स्थापित ’बन्दीपुर केवलकार उद्यमशिल पत्रकारिता पुरस्कार’बाट तनहुँका तीन पत्रकार पुरस्कृत भएका हुन् ।

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको शनिबार आयोजित चौथो साधारण सभाको अवसरमा उद्यमशीलता विकासका लागि सशक्त रुपमा कलम चलाए बापत उचित मूल्याङकन गर्दै नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष एवं रेडियो बन्दीपुरका स्टेशन म्यानेजर धनपति अधिकारी, नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्व अध्यक्ष एवं लोकवाणी दैनिकका सम्पादक प्रकाशचन्द्र भट्टराई र महासंघका पूर्व उपाध्यक्ष एवं जनचाहना डटकमका कार्यकारी सम्पादक सानेबहादुर नेपालीलाई पुरस्कृत गरेको हो । जनही ५१ हजार रुपैया सहित दोसल्ला र सम्मानपत्रले उनिहरुलाई पुरस्कृत गरिएको थियो ।
कम्पनीका संचालक एवं पत्रकार तारानाथ उपाध्यायको संयोजकत्वमा गठित समितिले पुरस्कृत हुने तीन जना पत्रकार छनोट गरि संचालक समिति समक्ष सिफारिस गरेको थियो ।
कार्यक्रममा तनहुँ जिल्ला क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा.स्वर्णिम वाग्ले,राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगका कार्यबाहक अध्यक्ष जुद्ध बहादुर गुरुङ, प्रदेश सभा सदस्य हरि बहादुर चुमान, बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिडेटका अध्यक्ष रामचन्द्र शर्मा लगायतको उपस्थित रहेको थियो ।

Related posts

घटना घटेको होइन, घटाइएको होः लामिछाने

admin

स्थापना दिवसको अवसरका भलिबल प्रतियोगिता

Deepak Joshi

नीति तथा कार्यक्रम भोलि

admin