Tanahun Awaj
समाचार

स्वास्थ्य चौकीलाई एम्बुलेन्स

दमौली/शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरे स्वास्थ्यचौकीलाई सूर्य नेपाल प्रा.लिले नगरपालिकासँगको समन्वयमा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
नपाका विभिन्न वडाको अनुरोधमा कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त एम्बुलेन्स उपलब्ध गराइएको सूर्य नेपाल प्रा. लि. तनहुँका मानव संसाधन प्रमुख अन्जन दुवाडीले बताए ।

प्रतिनिधि तस्विर

प्रदेश सभा सदस्य श्यामराजा महतले प्रमुख अतिथीको मन्तव्य राख्दै एम्बुलेन्स बाट शुक्लागण्डकी नगरपालिका १२ लगाएत वरपरका वडाहरु, सिगों तनहुँ जिल्ला र आसपासको क्षेत्रमा बसोबार गर्ने नागरिक समेत लाभान्वित हुने बताए । उनले भने, सूर्य नेपालले यस क्षेत्रलाई एम्बुलेन्स होइन, जीवन दिएको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै सूर्य नेपाल प्रा.लिका कारखाना प्रमुख बाबुराम कार्कीले भविष्यमा समेत शुक्लागण्डकी नपासँगको सहकार्यमा विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु संचालन गर्न सूर्य नेपाल सकारात्मक रहेको जानकारी गराउँदै एम्बुलेन्सको आवश्यक हेरचाह, संरक्षण, मर्मत तथा यथोचित उपयोग हुनेमा आफुहरु विश्वस्त रहेको बताए ।
सूर्य नेपालले म्याग्दे, शुक्लागण्डकी लगाएत क्षेत्रमा विद्यालय भवन निर्माण, सडक, बाटोघाटो, खानेपानि, एम्बुलेन्स, स्वास्थ्य शिविर सञ्चालन, नदी नियन्त्रण, दमकल, शैक्षिक सामाग्री बितरण तथा टिच फर नेपाल संगको सहकार्यमा बिभिन्न सामुदायिक विद्यालयहरुमा अग्रेजी, गणित, बिज्ञान र कम्प्यूटर बिषयका फेलो शिक्षक समेत उपलब्ध गराउँदै आएको छ ।

Related posts

दिर्ग–लोक स्मृतिको १५ औं श्रृङ्खला

admin

ओलीको चौथो सत्ता यात्रा: चुनौतिका चाङ, परिक्षित र दागी सहयात्री

admin

सरकारले मति, गति र अवस्थिति बदल्नु पर्छ: महामन्त्री थापा

admin