Tanahun Awaj
समाचार

सरकारले मति, गति र अवस्थिति बदल्नु पर्छ: महामन्त्री थापा

दमौली/वर्तमान सरकारले आफ्नो गति, मति र अवस्थिति बदल्न सके मात्र नागरिकमा व्याप्त असन्तुष्टी र निराशा कम हुने बताएका छन् ।
नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ तनहुँको बुधबार दमौलीमा आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त कुरा बताएका हुन् । सम्मेलनका प्रमुख अतिथी थापाले इतिहास भजाएर होइन, वर्तमानका नागरिकका समस्या सम्बोधन गरेर नागरिक असन्तुष्टि कम गर्न सकिने बताए । उनले भने, यसकालागि वर्तमान सरकारले आफ्नो गति, मति र अवस्थिति बदल्नु पर्नेछ ।

महामन्त्री थापाले सबै पक्षसंग सम्वाद गरेर उनीहरुको मनोभावना बुझेर काम गर्नु आवश्यक भएको उल्लेख गरे । नेपालमा केही भएन । सबै विग्रियो । अब केही हुन सक्दैन भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै महामन्त्री थापाले भने नेपाल बन्दैछ, हामी बनाउँछौं । कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई, धु्रव वाग्ले तथा अजयबाबु सिवाकोटीले कांग्रेस विधानमा नमिलेका कुरा संशोधन मार्फत सुधार गर्न आवश्यक रहेको बताए ।
नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलले विधानबाट बुथ कमिटी हटाइएको भन्दै यसको भूमिका महत्वपूर्ण रहेको बताए । निवर्तमान सभापति बैकुण्ठ न्यौपानले पार्टीका भात्रृ तथा शुभेच्छुक संस्थाको आवधिक निर्वाचन नहुँदा पार्टी जीवन्त हुन नसकेको बताए । अर्का पूर्व सभापति रघुनाथ पौडेलले गठबन्धनका कारण पार्टीको मत घटेको उल्लेख गर्दै सादा जीवन उच्च विचारको आदर्शलाई त्याग्दा नेतृत्वको विरोध हुने गरेको
बताए ।
कार्यक्रममा चितवन कांग्रेसका पूर्व सभापति जितनारायण श्रेष्ठ, नेपाल महिला संघ तनहुँकी सभापति पवित्रा पौडेल, प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, संविधान सभा सदस्य रामचन्द्र पोखरेल, गण्डकी प्रदेश सदस्य लक्ष्मी आचार्य, पूर्व प्रदेश सभा सदस्य दोबाटे विक, पूर्व क्षेत्रीय सभापति उदयराज गौली, महाधिवेश प्रतिनिधि चिनु पोखरेल, व्यास नगर सभापति सूर्यचन्द्र हड्खले, भानुका नगर सभापति रामकुमार श्रेष्ठ, आँबुखैरेनीका निवर्तमान अध्यक्ष गिरबहादुर थापा, आँबु कै पाटी सभापति विजय गुरुङ, देवघाटका सभापति तिलबहादुर थापा लगायतले क्षेत्रीय कार्यसमितिलाई विकासका योजना आवश्यकता र औचित्यका आधारमा नभई पहुँचका आधारमा आउने , पार्टीका लागि जीवन अर्पण गरेकाहरु पछि परेका, तल्लो तहमा पुगेर संगठन गर्न छाडिएको लगायतका गुनासा र सुझाब राखेका थिए ।
क्षेत्रीय सभापति श्यामकुमार मौरतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति विश्वेश्वर खनालले स्वागत गरेका थिए भने सचिव राजु बानियाँले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Related posts

बजेट ल्याप्स हुने चिन्ता

admin

नक्कली भुटानी शरणार्थी प्रकरण
तानि“दै ठूला नेता, चल्दै बचाउने दौडधुप

admin

जनप्रतिनिधिको ऐक्यवद्धता

admin