21.9 C
Damauli
October 9, 2026
Tanahun Awaj
समाचार

त्रिपक्षीय सम्झौताः सिद्धेश्वरीमा आठकोठे भवन

कमलबारी/सिद्धेश्वरी मावि कमलबारीमा आठकोठे भवन निर्माण गर्न पाहार ट्रष्ट नेपाल, व्यास नगरपालिका र सिद्धेश्वरी मावि बीच त्रिपक्षीय सम्झौता भएको छ ।

पाहार ट्रष्ट नेपालको तर्फबाट विजुलीबहादुर गुरुङ, व्यास नगर पालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र सिद्धेश्वरी माविका विव्यस अध्यक्ष फमबहादुर थापा बीच पाहार ट्रष्ट नेपाल, व्यास नगरपालिका र समुदायको आर्थिक साझेदारीमा ८ कोठे २ तल्ले भवन निर्माण गर्ने सम्झौता भएको त्रिपक्षीय सम्झौता पत्रमा उल्लेख छ ।
कूल एक करोड २१ लाख ६८ हजारको लागतमा निर्माण हुने उक्त भवन आगामी फागुन मसान्तसम्म निर्माण सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गर्ने सम्झौता भएको विव्यस अध्यक्ष फमबहादुर थापाले बताए । अध्यक्ष थापाका अनुसार कूल लागत मध्ये पाहार ट्रष्टले ९१ लाख ६८ हजार ३६० ,व्यास नपाको तर्फबाट २५ लाख तथा विद्यालय समुदायको तर्फबाट पाँच लाख व्यहोर्ने समेत सहमती भएको छ ।
प्रधानाध्यापक नारायणप्रसाद अधिकारीका अनुसार पाहार ट्रष्टले निर्माण सम्बन्धि सम्पूर्ण अनुगमनको काम गर्ने छ । यो भवन निर्माण सम्पन्न भएसंगै विद्यालयको भौतिक पक्षको विकासमा धेरै ध्यान दिनु नपर्ने उल्लेख गर्दै प्रअ अधिकारीले अब शैक्षिक उन्नयनमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत हुने बताए ।
नगर पालिकाले व्यहोर्ने लागतबाट भवनको गाह्रो लगाउने, झ्याल–ढोका राख्ने तथा प्लाष्टर काम गरिने तथा विद्यालयले व्यहोर्ने पाँचलाख रुपैयाँ नगदै वा त्यो बराबरको निर्माण सामग्री वा श्रमदान गर्न सक्ने गरी सम्झौता भएको शिक्षक ज्ञानेन्द्र जिसीले तनहुँ आवाजलाई बताए ।

Related posts

पढ्ने भोक

admin

शुसासन विकास तालिम

admin

प्रतिनिधि सभा निर्वाचन–२०८२: तनहुँ–१ र २ मा क्रमशः १६ र १२ जनाको मनोनयन

Deepak Joshi