17.5 C
Damauli
October 24, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

७५औं प्रजातन्त्रदिवस र जनप्रतिनिधि-सम्पादकीय

तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं. ६ मा कार्यरत सचिव नवीन भुषाल फागुन छ गते सोमबार आफ्नै वडाध्यक्ष बलबहादुर गुरुङ्गबाट कुटिएर बन्दिपुर अस्प्तालमा उपचार नभएर भरतपुर पु¥याएको समाचारले राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा यो हप्ता निकै चर्चा पायो । त्यति मात्रै होइन, प्रतिनिधि सभा तथा राष्ट्रियसभामा समेत दोषीलाइ कारवाहीको दायरामा ल्याउने पर्ने जोडदार माग उठेपछि सत्तापक्षीय पार्टीका तर्फबाट उम्मेदवार भै निर्वाचित भएका वडाध्यक्ष भएतापनि अहिले अभद्र व्यवहार मुद्धाको प्रक्रियामा तानिएका छन् ।
लोकतन्त्र र प्रजातन्त्रमा हुने जनप्रतिनिधि यस्तै हिंसात्मक सोंच र मानसिकताका हुन्छन् ? आमसंसयको विषय बनेको छ । मोहम्मद अफ्ताव आलम, मनाङ्गका जनताको मतबाट निर्वाचित दिपक मनाङ्गे हुँदै माओवादीका अधिकाँश प्रतिनिधि यस्तै चरित्रमा प्रस्तुत भएका र भैदिंदा आमसंसय यथार्थको नजिक पुगेको छ ।
हामीले प्रजातन्त्र पाएको आज ७५औं दिवस विभिन्न बाजागाजा, झाँकीका साथ बडो उल्लासमय वातावरणमा मनाइरहँदा यो प्रजातन्त्र नेपाली सामाजिक परिवेशमा कसरी बद्नाम बनाइयो ? त्यो पनि प्रजातन्त्रवादीहरुबाटै ? देश कंगाल बनाउने, सार्वजनिक संम्पत्तीको दोहन गर्न सफल यो प्रजातन्त्रको अब विकल्प खोज्न पर्ने बेला भएको हो ? जबरजस्त प्रश्न खडा भएको छ ।
७५ बर्षको परिपक्व उमेरको प्रजातन्त्रले पनि जनउत्तरदायी जनप्रतिनिधि पाउन सकेन । चुनाव जनउत्तरदायी जनप्रतिनिधिले भन्दा तस्करी, लुटेरा, माफिया, विचौलियाहरुले जित्नेहरुको बर्चस्व स्थापित गराउने चुनाव प्रणालीको विकास यो ७५ बर्षको प्रजातान्त्रिक अभ्यासले गरेको छ । लोकतन्त्र र समाजवादको सपना बाँडेर राजनीतिक दलको मान्यता पाएको नेतृत्वले चुनावमा गोप्य टेण्डरबाट जनप्रतिनिधिको उम्मेदवारको टिकट विक्री गरेर पैसा कमाउने संस्कार बसालिदिंदा खाल्डोमा ज्यूँदै मान्छे हालेर पुर्ने, इट्टाभट्टामा पोल्ने, खुकुरीले छम्काउने, आगलागि गराउने जस्ता हिंसात्मक गतिविधिमा संलग्न भै आतंकको साहाराले चुनाव जित्नेहरुको बाहुल्यता हुँदा ७५बर्षे प्रजातन्त्र अलोप्रिय भयो । विकल्पको पर्खाइमा देखियो ।
प्रजातन्त्र जति अलोप्रिय भएपनि यसका प्रयोगकर्ता नेताको विकल्प खोज्न सकिन्छ । तर प्रजातन्त्रको विकल्पमा अब जान सकिदैन । अबको विकल्प भनेको राष्ट्र राष्ट्रियता र मौलिक पहिचानको संरक्षण गर्ने सामथ्र्य आर्जन गर्न राजा, कर्मचारीतन्त्र, सुरक्षातन्त्र र दलतन्त्रको वैधानिक अस्तित्व स्विकार गर्ने राज्यव्यवस्था हो । त्यो राज्यव्यवस्थाले देशको प्राकृतिक साधन र स्रोतले सम्पन्न देशलाइ विकाशपथमा लम्काउने ऐक्यबद्धता निर्माण गर्न सक्दछ । हाम्रा राष्ट्रिय विभूति, शहिद र धर्तिमाताले सबैमा देशप्रेमको ऐक्यवद्धता पुग्ने सद्बुद्धि दिउन– ७५औं राष्ट्रिय प्रजातन्त्र दिवश–२०८१को पावन अवसरमा हार्दिक शुभ–कामना ।

Related posts

क्यान्सरबारे सचेत बनौं-सम्पादकीय

admin

सर्वाेच्च नेताको सम्झना

admin

सुपुर्दगी सन्धि की पारस्पारिक सम्झौता ?

Deepak Joshi