22.9 C
Damauli
September 18, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

२८ बर्षे स्वनियमन र स्वमूल्याङ्कन

सम्पादक

पृष्ठभूमिः
तनहूँ आवाजले २८ बर्षे यात्रा पुरा गरी २९ औ बर्षमा प्रवेश गरेको छ । यस बीचमा प्रकाशनका आफ्ना नियमानकारी ऐन, नियम, कानुन, आचार संहिताहरु छन् । त्यसको पालना गर्नुपर्ने कर्तब्य पनि यो साप्ताहिकले पालना गर्नै पर्दछ । पाठकको बुझाइले त्यसलाई पुष्टि गर्नुपर्दछ । नियमनकारी निकायको नियमनले पनि त्यो पालनाको पुष्टि गर्न सक्नुपर्दछ ।
स्वनियमनः
तनहूँ आवाजले सार्वभौसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्ने प्रकाशन गर्न नपरोस, निजी स्वार्थका लागि समाचार सम्प्रेषण गर्न नपरोस्, हिंसा आतंक, अश्लिलता र अपराधलाई प्रश्रय दिएको आरोप नलागोस्, पीडित वा प्रभावित व्यक्तिलाई थप पीडा दिने सूचा सम्प्रेषण गर्न हुँदैन, घटनासंग असम्बन्धित व्यक्तिको नाम उल्लेख गर्न हुँदैन, विभत्स दृष्य र तस्विर प्रकाशन गर्न हुँदैन, अनुचित दवाव वा पर्लोभनमा पर्नु हुँदैन, स्वच्छ सुनवाईलाई प्रभावित पार्ने समाचार सम्प्रेषण गर्न हुँदैन भन्ने आचारबाट निर्देशित भएर नै आफ्नो २८ बर्षे यात्रा पार गरेकोमा तनहुँ आवाज साप्ताहिक आत्मगौरव गर्दछ । भावि दिनमा पनि प्रलोभनमा परेर समाचार सम्प्रेषण गर्ने अवस्था, परिस्थिति र परिवन्दको प्रभावमा पर्ने अवस्था आउने छैन यो टिम विश्वस्त छ । यो पत्रकार आचार संहिताले सिकाएको हाम्रो स्वनियमन हो । जिम्मेवार निकायको नियमन पनि प्रतिकूल नआउँदाको दिनसम्म हाम्रो स्वनियमन सत्य सावित नै हुन्छ ।
स्वमूल्याङ्कनः
तनहूँ आवाजको स्वमूल्याङ्कनमा यो सञ्चालन टिम कहिल्यै आर्थिक प्रलोभनमा परेन । आफ्नो स्वाभिमान गुमाएर आर्थिक लाभको याचना कहिकतै गरेको छैन । सहयोगि भावनाले काम गर्दा जानअनजानमा छिटपुट कतै दाग लाग्न गएको भए त्यो अववाद हुनेछ ।
आचार संहिताको पालनाः
‘सानालाई ऐन ठूलालाई चइन’ उखानले पत्रकार आचार संहितामा स्थान पाएको छ । मुद्धा, विवादबाट सार्वजनिक भएका तथ्यहरुले, टिकाटिप्पणीहरुले सञ्चार गृहहरुले सत्ता परिवर्तनको खेल खेलेका तथ्यहरु पनि सार्वजनिक भएका छन् । आर्थिक लाभको प्रस्तावमा सहमत हुन नसक्दा अर्थात भनौ नमान्दा कसैको मानप्रतिष्ठामा आछेप लगाएर समाचार सम्प्रेषण भएका गरेका वा संचार गृहको अपहरणमा परेका विवादहरु पनि यो बर्षमा निकै चर्चा पायो । यो चर्चालाई पनि तनहुँ आवाज जस्ता मिडियाहरुले साँडेको जुधाई बाच्छाको मिचाईका रुपमा भोलिका दिनमा लाग्ने अंकुशहरुलाई भोग्न पर्ने आशंका बढेको छ ।
निष्कर्षः
आचार संहिता सबै संचार गृहहरुले पालना गर्नुपर्दछ । सत्ता परिवर्तन गर्न सक्ने संचार गृहदेखि अभिव्यक्ति स्वतन्त्रताको रक्षार्थ स्वाभिमानमा जिवन्त संचारगृह सबैले आचार संहिताको पालना गर्नुपर्दछ । नियमनकारी निकायले सबैलाई समान रुपमा आचार संहितको कार्यान्वयन गर्न सकेको अवस्थामा मात्रै आचार संहिताको महत्व बढ्ने हो । निमुखा र पहुँच नभएका संचार गृहलाई नियन्त्रण गरेर आचार संहिताको पालना गराएको अभिलेख पूर्ण मान्न सकिदैन ।

Related posts

वर्षासंगै सावधानी- सम्पादकीय

admin

पहिलो को ?

admin

फरक रुपमा देखिन थाल्यो घरेलुहिंसा

admin