22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

सिद्धेश्वरीमा “खोज र नष्ट गर”अभियान

कमलाबारी/ सिद्धेश्वरी माविले डेगी रोग संक्रमण, नियन्त्रण र रोकथामका लागि सचेतना अभियान सञ्चालन गरेको छ ।
मंगलबार विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सम्मिलित समूहले विद्यालय परिसरमा डेंगी सार्ने लामखुट्टेको वासस्थान खोज र नष्ट गर अभियान सञ्चालन गरे भने विद्यालय सेवा क्षेत्रको केही समूदायमा पुगेर सचेतना कार्यक्रम गर्नुका साथै डेंगीको वासस्थान खोज र नष्टगर अभियान सञ्चालन गरे ।
अभियानको प्रारम्भ गर्दै नेपाल रेडक्रस सोसाइटी तनहुँका कोषाध्यक्ष प्रतापसिंह अधिकारीले डेंगीको संक्रमण तनहुँमा डरलाग्दो रहेकोले सचेतना अभियान तथा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको बताए । विद्यालयका स्वास्थ्य विषयका शिक्षक रोहिणी राज पौडेलले सफा जमेको पानीमा डेंगी सार्ने लामखुट्टेले अण्डा पार्ने तथा त्यसको जीवन चक्र पूरा गर्ने भएकाले डेंगीबाट बच्न तीन दिनभन्दा बढी सफा पानी जमेर बस्ने अवस्था सिर्जन हुन नदिनु नै डेंगीबाट बच्नु हो भन्दै विद्यार्थीलाई यो अभियानमा सक्रिय भएर लाग्न आग्रह गरे ।
खोज र नष्ट गर अभियानका क्रममा विद्यार्थीहरुले स्वास्थ्य सावधानी अपनाउँदै ड्रम, टिनका बट्टा, पानीका बोतल तथा विर्काे, प्लाष्टिकका बट्टा आदिमा जमेर रहेको पानी फाल्नुका साथै समुदायका मानिसलाई डेंगु संक्रमण, रोकथाम, नियन्त्रण तथा स्वास्थोपचारका विषयमा सचेतनामूलक तथा सन्देश मुलक जानकारी गराएका थिए ।
नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाको स्वास्थ्य सामग्री सहयोगमा जुनियर तथा युवा रेडक्रस सिद्धेश्वरी माध्यमिक विद्यालय समेतमा सहभागितामा अभियान सञ्चालन भएको हो ।

Related posts

विश्वविद्यालयको दायित्व परिक्षा मात्र हो ?

admin

तातो पानीमा नुहाएर कमजोरी पखालिँदैन

admin

बसले च्यापेर बालकको मृत्यु

admin