19.8 C
Damauli
October 16, 2026
Tanahun Awaj
समाचार

प्रश्न गर्ने नयाँ तरिका

तनहुँको दक्षिणी भेगको लाइफलाईनको रुपमा चिनिने श्रृङ्गपथ यातायात सञ्चालन गर्न जोखिम हुने अवस्थामा छ । राष्ट्रपति रामचन्द्र पौडेललाई बारम्बार निर्वाचन जिताएको यो क्षेत्रले २०७९ को निर्वाचनबाट नयाँ साँसद पायो तर आफ्नो मुहार फेर्न भने पाएको छैन । श्रृङ्ग पथमा यात्रा गर्दाको जोखिमको हिसाब छैन । बाटोको अवस्था डुम्रे बेसिशहर मार्गलाई सम्झँदै पाँच दशक अगाडी स्व.क्षेत्रप्रताप अधिकारीले रचना गरेको कविताको जस्तो छ । कवितांश यस्तो छ, “हिउँदभरी धुलो, वर्षाभरी हिलो, गाडी हिंड्न लाग्यो भने मान्छेभन्दा ढिलो”। त्यसैले ऋषिङमा सोमबार निकालिएको लाखे नाचमा एक कलाकारले प्रश्न गरे, श्रृङ्गपथ कहिले बन्छ, सरकार ?
तस्वीरः महेन्द्रकुमार श्रेष्ठ

Related posts

शाहीले पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

admin

उद्घोषण कला सिक्दै फरक क्षमताका व्यक्ति

admin

सडक दुर्घटनामा वेवास्ता

admin