28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

व्यासमा पोलियो विरुद्धको खोप

दमौली/व्यास नगरपालिकाका १४ वटै वडामा पोलियो रोग विरुद्धको खोप अभियान(आई.पि.भि खोप अभियान) चलिरहेको छ । २०७३ साल बैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका सबै बालबालिकाहरुको लागि व्यास अन्तर्गतका सबै वडामा जेठ १४ देखि २० गतेसम्म खोप अभियान चल्नेछ । खेप अभियान अन्तर्गत व्यासको वडा नं १ मा छ, २ मा पाँच, ३ मा चार, ४ मा चार, ५ मा पाँच, ६ मा चार, ७ मा पाँच, ८ मा दुई, ९ मा एक, १० मा चार, ११ मा चार, १२ मा चार, १३ मा तीन र १४ मा एक गरी कुल ५२ खोप केन्द्र रहेका छन् । नगरपालिकाले नगरवासीहरुलाई आफुलाई पायक पर्ने खोप केन्द्रमा गइ आफ्ना बालबालिकालाई पोलयो विरुद्धको खोप लगाउन अनुरोध गरेको छ ।

Related posts

मुटु दिवसमा स्वास्थ्य परिक्षण

admin

तनहुँमा झण्डै साढेदुई लाख मतदाता महिला मतदाता १० हजारले बढी

admin

किसानको मेहनत कुहेर नष्ट

admin