24.1 C
Damauli
September 21, 2026
Tanahun Awaj
समाचार

स्थानीय सरकार सामाजिक सचेतनामा अग्रसर
सकारात्मक सन्देशले अपेक्षित परिणाम दिने अपेक्षा

विशेषसम्वाददाता
संघीय सरकारले जनविश्वास गुमाईरहँदा संकटमा परेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थानीय सरकारका केही सकारात्मक कामले यो व्यवस्थालाई संजिवनी प्रदान गरेको छ ।
देशमा काठमाण्डौका बालेन शाह र धरानका हर्क साङ्गपाङ्गले चुनावमा आममताको मन जितेर चुनावमा मत पाए । चुनाव जितेपछि कामले जनताको मन पनि जितेका छन् । अहिले जनताको मनमा बालेनले छुट्टै पार्टी खोलेर राजनीतिक दलको नेता हुने र हर्कले पनि छुट्टै पार्टी खोलेर राजनीतिक दलको नेता बन्ने अनुमान गरिएको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल ‘गोपी’ समेतले जननिर्वाचित जनप्रतिनिधिको काम गरेर देखाएका छन् । यस खालको विगतको पृष्ठभूमिमा देशभर अब केही काम गर्नुपर्दछ भन्ने सन्देश प्रवाह भएको छ । नयाँ नयाँ सन्देश मूलक कार्यक्रमा ल्याएर जनमत जित्ने प्रयास गरिरहेका छन् ।
तनहु्ँका नगरपालिकाले पनि सचेतनामूलक काम गरेर जनताको मन जित्ने प्रयास गरेको बुझ्न सकिन्छ । अहिले तनहुँ जिल्लाका पालिकाहरुले आफ्नो पालिकालाई छुवाछुत मुक्त पालिका बनाउन अभियान चलाए सन्देश प्रवाह गरिहेका छन् । यसै गरी व्यास समेतका पालिकाले विद्युतीय चुलोको प्रयोग बढाउन महिला लक्षित सचेतना मूलक कार्यक्रम सञ्चालन गरेर बढ्दो विदेशी इन्धन प्रयोगमा न्यूनिकरण गर्न तथा देशको विद्युत उत्पादनलाई देशमै खपत गरेर बजार खोज्नु पर्ने अवस्था सिर्जना गर्ने खालको सन्देश दिई रहेका छन् ।
समस्याः
हरेक सकारात्मक कदमको पछाडि समस्या त हुन्छ नै । अहिलो ऋषिङ्ग गाउँपालिकाले चलाएको छुवाछुत मुक्त पालिका बनाउने अभियानमा दलित भित्रै रहेको छुवाछुत हटाउन कठिन छ । त्यसैगरी गैह्र दलितभित्रको छुवाछुत पनि जीवितै छ । जस्तो ब्राह्मण भित्र पनि उपाध्य बर्गका ब्राह्मणले जैसी बर्गका ब्राह्मणलाई आफ्नो भान्सो छुन दिदैनन् । विवाहलाई अन्तर जातीय विवाह जस्तै जबरजस्त स्वीकार गर्न परेको अवस्था
हो । तर पनि अभियान सकारात्मक छ ।
त्यसै गरी व्यास नगरसमेतका पालिकाले विद्युतीय चुलोको प्रयोग बढाउन कार्यक्रमहरु सञ्चालन त गरेका छन् । तर त्यो विद्युतीय चुलो पनि नेपालले बनाउन सकेको अवस्था छैन । साथसाथै अब मुलुकले १० घण्टा बढी लोडसेडिङ्ग भोग्नु पर्ने समाचार आईरहेको बेलामा जनताको चुलै बल्न गाह्रो पर्ने बेलामा विद्युतीय चुलो किन्न उत्प्रेरित गर्ने कार्यक्रमले पनि सही परिणाम दिन सक्ने गर्न कठिन छ ।
तर पनि विद्युत उत्पादनको प्रचुर संभावना रहेको मुलुकमा विद्युतीय चुलो, विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुलाई सकारात्मक नै मान्नु
पर्दछ ।

Related posts

न्यायाधीश–बार अन्तरक्रिया

Deepak Joshi

प्रतिनिधि सभा सदस्य निर्वाचन, आज मतदान: देशभर ३ हजार ४ सय ६ उम्मेदवार

Deepak Joshi

तनहुँमा ७५औं प्रजातन्त्र दिवस

admin