21.1 C
Damauli
October 9, 2026
Tanahun Awaj
समाचार

समुदायमा काँग्रेस अभियान

दमौली/नेपाली काँग्रेसले सञ्चालन गरेको माघ १३–२६ को ‘समुदायमा काँग्रेस’ अभियान नयाँ शैली र रुपमा वडा तहमा पुग्ने भनिएको थियो । उद्घोष ‘नो आशान, नो भाषण’ गरेर वडातहसम्म पुगेको नेपाली काँग्रेसले आशन र भाषणलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरेको पाईएको छ । सहभागि संख्या भन्दा आशन ग्रहण गर्ने र भाषण गर्नेको संख्या बढी रहेको पाइएको छ । गाउँगाउँमा रहेका नेपाली काँग्रेसका कार्यकर्ताहरुका माझमा पुगेर अन्तरक्रिया, छलफल, परामर्शबाट सुझाव संकलन ओझेलमा परेको छ । सच्चा र इमानदार काँग्रेस कार्यकर्ताले आशन र भाषणको अवसरबाट बञ्चित हुने अथवा सार्वजनिक भाषणमा सुझाव भन्दा नेतृत्वलाई रिझाउने विगतको प्रबृत्ति देखिएको छ । आशन र भाषणकै निरन्तरता दिइएको समुदायमा काँग्रेस अभियानका समाचारहरुबाट पुष्टि भएको छ ।

Related posts

निर्वाचन घोषणा–पत्र, सपना बाँड्न सिपालु दलहरु

admin

१७ औ गाउँसभामा तीन विधेयक पारीत

admin

ऋषिङ गाउँ पालिका वडा नं ५ को नवनिर्मित वडा कार्यालय भवनः

admin