24.1 C
Damauli
September 21, 2026
Tanahun Awaj
कला/मनोरन्जन

मेलाको उत्कृष्ट नाटक अन्तराष्ट्रिय नाटक महोत्सवमा

	नाट्यकर्मी महासंघद्वारा आयोजित राष्ट्रिय बाल नाटक मेला २०७९ मा उत्कृष्ट भएको नाटक ‘पार्वती’ अन्तराष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन भारत प्रस्थान गरेको छ । भक्तपुरको निस्ट स्कूलले प्रस्तुत गरेको नाटक पार्वतीले गत वर्षको संस्करणमा सर्वोत्कृष्ट नाटकको पुरस्कारका साथै अन्य ६ वटा विधामा पुरस्कार जित्न सफल भएको थियो ।
	भारतको उडिसा राज्यको कट्टक शहर आयोजना हुने ग्लोबल थिएटर फेस्टिभल २०२४ मा भाग लिन नाटकका कलाकारहरु रुमानी रोकाया, आर्जन अधिकारी, सौर्या शाह, सुजन पहाडी, आराध्य खतिवडा, जिविका खतिवडा, स्यारोन कटुवाल, ट्रेजा ढकाल, प्रशंसा कटुवाल लगायत नाटक टोली त्यस तर्फ प्रस्थान गरेका हुन् ।
	देउकी परम्परामा आधारित नाटकको लेखन तथा निर्देशन पुस्पराज अवस्थीले गरेका हुन् । नाटकले उठाएको विषयवस्तु र कलाकारहरुले गरेको उत्कृष्ट प्रस्तुतिकरणको दर्शकहरुले गत वर्ष मुक्त कण्ठले प्रशंसा गरेका थिए ।
	सांस्कृतिक संस्थान र प्याब्सनको संयुक्त आयोजनामा भएको मेलामा गत वर्ष निर्णायकका रुपमा राजेन्द्र शलभ, भुवन चन्द र शेखर चापागाईँ रहेका थिए ।  
	यो वर्ष पनि राष्ट्रिय नाटक मेला २०८० आगामी फागुन ७ देखि १६ गते सम्म आयोजना हुने महासंघका अध्यक्ष राजेन्द्र रिमालले बताएका छन् । उनी भन्छन् ‘त्यसका लागि सहभागिताका लागि आव्हान भएको छ ।’ 

Related posts

ए यस्तो पो……..

admin

विष्णु माझीको तीज गीत “बलमा” लोकप्रिय बन्दै

admin

हजुर आमा र काकीको भलाकुसारी

admin