Tanahun Awaj
समाचार

तनहुँका तीन पालिका छनौट

दमौली/संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि तनहुँका तीन पालिका छनोट भएका छन् ।  मन्त्रालयका शाखा अधिकृत नमराज सापकोटाका अनुसार तनहुँको व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिका छनौटमा परेका छन् ।
नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बमोजिम आर्थिक वर्ष २०८०÷०८१ को कार्यक्रम सञ्चालनका लागि आवेदन दिने स्थानीय तहहरूमध्ये तोकिएको योग्यता र आधार पुरा गरेका देशभकरका १०४ स्थानीय तहहरूलाई छनोट गरिएकोमा तनहुँका तीन पालिका छनौटमा परेका हुन् ।
मन्त्रालयका अनुसार कोशी प्रदेशका २०, मधेस प्रदेशका १७, बागमती प्रदेशका १७, गण्डकी प्रदेशका ११, लुम्बिनी प्रदेशका १४, कर्णाली प्रदेशका १० र सुदूरपश्चिम प्रदेशका ११ वटा स्थानीय तहहरू छनोट भएका छन् । यसका लािग देशभरका २४२ वटा स्थानीय तहले निवेदन दिएका थिए । तर, कार्यविधिमा समावेश गरेको मापदण्ड पुरा गरेका १०४ वटालाई छानिएको हो ।

Related posts

मेहन्दी कार्यक्रम

admin

प्रदेश र स्थानीय सरकारलाई मुकुन्देश्वरीमा जुटाएर
१६औं शताब्दीको यो मन्दिर अर्को बर्ष व्यवस्थित गर्ने संकल्प

admin

पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा श्रेष्ठ

admin