Tanahun Awaj
समाचार

जेसिआइ व्यास नगरको ३०औं पदस्थापना

दमौली/जेसिआइ व्यास नगरको ३०औँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
कार्यक्रममा जेसिज वर्ष २०२३का अध्यक्ष राजु रानाले नव निर्वाचित २०२४का अध्यक्ष नविन पुरीलाई चेन लगाउदै जेसिजको विधि, विधान अनुसार अध्यक्षको आसनमा बसाएर पद हस्तान्तरण गरेका थिए ।
सोही समारोहमा विभिन्न विधामा अवार्ड तथा पुरस्कार पनि वितरण गरिएको छ ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पुरीलाई निवर्तमान अध्यक्ष रानाले सपथ ग्रहण गराएका थिए भने निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष पुरीले सपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा राष्ट्रिय सभा सुशासन तथा दिगो बिकास समितिका सभापति प्रकाश पन्त, व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने, निरुपित राष्ट्रिय उपाध्यक्ष अमर घिमिरे, व्यास १का वडाध्यक्ष रमेशप्रसाद हड्खले, जेसिआइका पूर्व अध्यक्ष सुर्यनाथ खनाल, मातृशाखा पोखरा जेसिजका अध्यक्ष देवराज शर्मा,रोटरी क्लब अफ दमौलीका अध्यक्ष रमेश श्रेष्ठ, दमौली खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष बिर्षराज श्रेष्ठ, कृष्ण ढकाल, साइनिङ्ग स्टार २०२३की विजेता सदिक्षा राना लगायतले देशैभर नेतृत्व बिकास र मानवीय सेवामा जेसिजले खेलेको भुमिकाको चर्चा गरेका थिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पुरीले आगामी कार्ययोजना प्रस्तुत गर्दै आफ्नो कार्यकालमा विधिको शासन, मानवीय सेवा र बन्धुत्वको भावना आत्मसाथ गर्दै उत्कृष्ट बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले भने “पूर्व अध्यक्षहरुले बनाएको जेसिजको छवि र गरिमालाई थप उचाईमा पु¥याउन हरदम प्रत्यनशिल रहनेछु र युवाहरुको क्षमता र व्यक्तित्व बिकासका लागि विभिन्न रचनात्मक तालिमको अवधारण पनि ल्याउनेछु” ।

Related posts

शरणार्थी दिवस, नक्कली शरणार्थी काण्ड र जागेको आशा

admin

नेपाली काँग्रेसको संगठन सुदृढीकरण अभियानभित्रै निषेधको राजनीति

admin

सन्दर्भः लागू पदार्थ विरुद्धको दिवस-सचेतनाको अभावमा दुर्व्यसन जोखिममा युवा

Deepak Joshi