22.6 C
Damauli
September 20, 2026
Tanahun Awaj
समाचार

दाहाल सरकारका एक वर्षे उपलब्धी
नागरिक एपमा सेवा थप
देखि पुल निर्माणको ठेक्कासम्म

फोटोः सामाजिक सञ्जालबाट नेपाल टेलिभिजन

रमेश विकल
पुष्पकमल दाहाल नेतृत्वको सरकारले एक वर्षे कार्यकाल पूरा भएको अवसर पारेर सरकारले एक वर्षमा सम्पन्न गरेको कामको विवरण सार्वजनिक गरेको छ ।
विभिन्न २८ क्षेत्रका सरकारले गरेका महत्वपूर्ण काम भन्दै सार्वजनिक भएको ८४ पुष्ठ लामो विवरणमा नागरिक एपमा विभिन्न पाँच प्रकारका सुविधा थप भएकोदेखि विभिन्न नदीमा पुल निर्माणका लागि ठेक्का लगाइएको कुरालाई समेत समेटिएको छ ।
सरकारद्वारा सम्पादित प्रमुख कार्यहरुको सूचिको पहिलो नम्बरमा संविधान कार्यान्वयन र संघीयता सुदृढिकरण भनिएको छ । यसमा पुष्पकमल दाहाल बाहेका जो प्रधानमन्त्री भएको भए पनि नियमित रुपमा सम्पादित हुने कामको विवरण राखिएको छ । प्रदेश सरकारहरुले संविधान कार्यान्वयन गर्दै प्रदेशहरुलाई अधिकार सम्पन्न गराउन संघीय सरकार अनिच्छुक रहेको भनेर आन्दोलनको चेतावनी दिइरहेका बेला सरकारले भने संविधान कार्यान्वयन र संघीयता सुदृढीकरणमा यो एक वर्षमा महत्वपूर्ण उपलब्धि भएको बताएको छ ।
विभिन्न आयोजनाका ठेकेदारहरुले सम्पन्न कामको भुक्तानी नपाएका कारण बाँकी काम छोडेर भाग्नु पर्ने अवस्थामा आफुहरु रहेको बताइरहँदा सरकारले भने अर्थतन्त्रको सुधार र पुनरुत्थानमा सरकारले महत्वपूर्ण काम गरेको बताएको छ ।
खानेपानी तर्फ पनि सरकारले महत्वपूर्ण काम गरेको भन्दै ठूला तथा मझौला २२ र खानेपानी सेवा विस्तार तर्फका १५८ आयोजना निर्माण सम्पन्न भई पाँचलाख ५० हजार घरधुरी लाभान्वित भएको उल्लेख छ । जबकी यो काम नियमित हुने काम हो र सरकारद्वारा सम्पादित मुख्य काममा राखिरहनु पर्ने काम होइन् ।
सडक मर्मतको काम भएको, सुरुङ मार्गको काममा थप प्रगति भएको, थप ३५ वटा स्थानीय तहको प्रशासकिय भवन बनेको, थप ५४१ मेघावाट विद्युत उत्पादन भएको, टेलिकमको फोर जी सेवा विस्तार थप चार जिल्लामा भएको जस्ता कामलाई सरकारले आफ्ना एक वर्षे उपलब्धिको रुपमा व्याख्या गरेको छ । तर यी सबै नियमित हुने काम हुन् र यि कामलाई सरकारद्वारा सम्पादित प्रमुख कामको सूचिमा राख्नु पर्ने देखिँदैन ।

Related posts

नारी दिवसमा कविता प्रतियोगिता

admin

तनहुँ उद्योग बाणिज्य संघका छ निर्णय

admin

एक पछि अर्को संवैधानिक दायित्वबाट च्यूत बन्दै सरकार-झोलेबादका अगाडि नतमस्तक नागरिक आवाज

admin