Tanahun Awaj
समाचार

जेसिआईलाई पूर्णता दिइयो

तस्वीर सुनीता आचार्य

दमौली/जेसिआइ व्यास नगरले बर्ष २०२४ का अध्यक्ष नविन पुरीले जेसिआईलाई पूर्णणता दिएका छन् । २९औँ अधिवेशनले अध्यक्षमा नविन पुरीलाई र कार्यकारी उपाध्यक्षमा पुर्ण शदासंकर र अनुप दाहाल, उपाध्यक्षमा राजेश क्षेत्री, दुत बहादुर थापा, केशरबहादुर बराली र पवन कार्कीलाई निर्वाचित गरेको थियो ।
अध्यक्ष पुरीले विधानले दिएको अधिकार प्रयोग गरी कानुनी सल्लाहकार सुनिल श्रेष्ठ, महासचिवमा सनम अधिकारी, कोषाध्यक्ष सोम बहादुर नेपाली, सचिव रोविन श्रेष्ठ र सहकोषाध्यक्ष शंकर ज्ञावली र शाखा सम्पादक विनोदकुमार गोशलीलाई मनोनित गरेका छन् ।
, तालिम निर्देशक अरविन्द थापा, जनसम्पर्क अधिकृत सुरज गुप्ता, प्रकरण निर्देशक राजकुमार श्रेष्ठ, वृद्धि सभापति डिक्सन मल्ल, शाखा निर्देशक बसन्त पन्थी र योजना प्रमुखमा दिपेन्द्र सापकोटालाई मनोनीत गरिएको छ ।
मिडिया रिलेशन अफिसर अनिल श्रेष्ठ, इन्भाइरोमेन्ट कोर्डिनेटर गोपाल थापा, सदस्य समन्वय सभापति विजय सुनार, फेलोसिप प्रवद्र्धन अधिकारी रविन्द्र शाही, सुचना प्रविधि सभापति रविन्द्र खाति, कार्यक्रम समन्वय संयोजक प्रताप पण्डित, सचिवालय व्यवस्थापन संयोजक विरोध श्रेष्ठ, अवार्ड व्यवस्थापन संयोजक नेत्र सुनार, अनुगमन संयोजक रवि भुजेल, ल इन्फोर्समेन्ट संयोजक गोविन्द्र बराली, सहयोग व्यवस्थापन संयोजक शेर बहादुर बोटे र इन्टर क्लब समन्वय संयोजकमा प्रकाश थापा मनोनीत भएका छन् ।
अध्यक्ष सल्लाहकारमा सुमित ढुङ्गना मनोनित भएका छन् भने बोड् एडभाइजरमा अजर नागिला, युवराज भण्डारी चन्दन श्रेष्ठ र गणेश थापा मनोनीत भएका छन् ।

Related posts

सन्दर्भः लागू पदार्थ विरुद्धको दिवस-सचेतनाको अभावमा दुर्व्यसन जोखिममा युवा

Deepak Joshi

सरोकारवालासंग अभिमुखीकरण

Deepak Joshi

विवादास्पद निर्णयबाट पछि हट्यो व्यास

admin