21.2 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

विद्यार्थीलाई पोशाक तथा जुत्ता वितरण

कमलबारी । सिद्धेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत ४३ बालबालिकालाई विद्यालय पोशाकको सर्ट, पाईन्ट, फ्रक वा जुत्ता, टाई र बेल्ट वितरण गरिएको छ । 
मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा कक्षा १ देखि १० सम्म पढ्ने बालबालिकालाई अत्यावश्यक भएको पोशाक वा जुत्ता, टाई तथा बेल्ट वितरण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक प्रतापसिंह अधिकारीले जानकारी दिए । 

सहायक प्रअका अधिकारीका मित्र तिलोत्तमा एफएमकर्मी किरण पाण्डेले उपलब्ध गराएको १५ हजार नगदबाट १२ जना विद्यार्थीलाई टाई तथा बेल्ट, १६ जना बालबालिकालाई सर्ट, पाईन्ट वा फ्रक तथा १६ बालबालिकालाई जुत्ता वितरण गरिएको हो ।
आफ्नो सर्ट पुरानो भएका बेला विद्यालयले सर्ट उपलब्ध गराएको भन्दै कक्षा १० की छात्रा सजना गैरेले खुसी व्यक्त गरिन् । कक्षा ६ की छात्रा पार्वती विक ड्रेसको जुत्ता पाउँदा खुसी छिन् । उनले भनिन्, जुत्ता नहुँदा चप्पल लगाएर विद्यालय आउने गरेकी थिएँ । अब जुत्ता लगाएर मात्र आउँछु ।
विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीको अध्यक्षता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फमबहादुर थापाको प्रमुख आतिथ्यमा भएको पोशाक तथा जुत्ता वितरण कार्यक्रममा बोल्दै अध्यक्ष थापाले उद्दात्त मनका किरण पाण्डेको सहयोगका कारण विद्यालयमा अध्ययन गर्ने विपन्न परिवारका बालबालिकाले पोशाक तथा जुत्ता र टाई, बेल्ट पाएको बताबताए । थापाले यसले विद्यार्थीको पठन पाठनमा सकारात्मक सहयोग पुग्ने आफुलाई विश्वास लागेको उल्लेख गरे । प्रअ अधिकारीले सहयोगका लागि पाण्डेलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको निरन्तरताको अपेक्षा रहेको बताए ।

Related posts

स्वागत तथा बधाई ज्ञापन

admin

दमौलीमा लोकतान्त्रिक बाम गठबन्धनको कोणसभा

admin

ऋषिङ सेरोफेरोः

admin