16.5 C
Damauli
October 26, 2026
Tanahun Awaj
समाचार

तिर्थस्थल बन्दै उत्तरबाहिनी

स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नं. १ उत्तरवाहिनी तिर्थस्थल तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न सरकार तथा स्थानीय जुटेको बताउनु हुन्छ वडा नं. १ का.वा. अध्यक्ष विक्रम पाण्डे । २ करोडको लागतमा निर्माणाधिन प्राकृतिक चिकित्सालयको अतिरिक्त यस क्षेत्रलाई धार्मिक स्थलको रुपमा विकास गर्न मनकारी दानवीरहरुको आर्थिक दान, सहयोगमा १०८ मुक्तिनाथ धारा, मुक्तिनाथको प्राकृतिक सौन्दर्यताको निर्माण गर्न लागिएको छ । यस क्षेत्रमा १०८ शिवलिङ्ग, चक्रशिला, गौपालन जस्ता पूर्वाधारहरु पनि रहेको पाण्डे बताउनु हुन्छ । यस क्षेत्रमा काली नदी उत्तरतर्फ बगेको हुनाले यस क्षेत्रको नामाकरण उत्तरवाहिनी राखिएको हो । यस क्षेत्रमा कालीगण्डकी गुरुकूल पनि सञ्चालनमा रहेको छ । गुरुकूल पहिले यही क्षेत्रमा थियो । अहिले पाल्पाको रम्घा–१ असेर्दीमा सरेको छ । –फोटो तनहु आवाज

Related posts

अण्डाको समर्थन मूल्य तोकियो

admin

शैक्षिक गुणस्तर अभिवृद्धिमा व्यासको चासो: शिक्षा दिवसमा विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित

admin

अरु काममा असफल; कांग्रेस, एमालेलाई साइजमा राख्न सफल

admin