21.9 C
Damauli
October 9, 2026
Tanahun Awaj
समाचार

चियापान तथा विस्तारित बैठक

दमौली/नेपाली काँग्रेस जिल्ला कार्य समितिले बुधबार विस्तारित वैठक तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । विस्तारित वैठकमा जिल्ला कार्य समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, क्षेत्रीय सभापतिहरु लगायतलाई आमन्त्रण गरिएको थियो ।
नेपाली काँग्रेस तनहुँका जिल्ला कार्य समिति सदस्य डम्बरबहादुर अधिकारीका अनुसार कार्तिक २२ गते हुन गई रहेको नेपाली काँग्रेसको जिल्ला सम्मेलन तथा नेपाली काँग्रेसको पार्टी कार्यालयको उद्घाटन कार्यक्रमलाई प्रभावकारी सन्देश मूलक बनाउने उद्देश्यले बुधबारको विस्तारित वैठकको आयोजना गरिएको थियो । साथै नेपाली काँग्रेसले नियमित गर्ने चियापान कार्यक्रमलाई दशैंतिहार बीचमा आयोजना गरिएको थियो ।

Related posts

राष्ट्रिय सभा निर्वाचन आज
कुन–कुन दलका को–को छन्, उम्मेदवार?

admin

दमौली खानेपानीमा बुद्धिमान

admin

विद्यार्थीका हातमा कापी, कलम

admin