22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
समाचार

राष्ट्रिय आविमा विव्यस तथा शिअ संघ गठन

बाह्रबिसे/राष्ट्रिय आधाभूत विद्यालय ऋषिङ–५ बाह्रबिसेमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन भएको छ । 
भाद्र २५ मा ऋषिङ गापा शिक्षा शाखा प्रमुख सुवास रानाभाटको उपस्थितिमा सम्पन्न अभिभावक भेलाले वडाध्यक्ष समेत रहेका बुद्धिमान रानालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । 
विव्यसका अन्य निर्वाचित सदस्यहरुमा जितबहादुर कुमाल, हर्खबहादुर थापा, रेशमायाँ कुमाल, शनिशरा कुमाल, थनीमायाँ थापा, देउबहादुर थापा तथा सुरज थापा रहेका छन् । यसैगरी विद्यार्थी प्रतिनिधिमा सरस्वती थापा, शिक्षक प्रतिनिधिमा नरबहादुर थापा चयन भएका छन् । 
सोही भेलाले शिक्षक अभिभावक संघ समेत गठन सम्पन्न गरेको विद्यालयका प्रधानाध्यापक माधव गिरीले 

बताए । प्रअ गिरीका अनुसार शिअसंघको अध्यक्षमा दिलबहादुर थापा चयन भएका छन् । सदस्यहरुमा जमुना थापा, लालबहादुर आले, भिमबहादुर थापा, ओममायाँ थापा, राजु थापा, खमबहादुर थापा, पवित्रा थापा र अम्बिका रानाभाट चयन भएका छन् ।
विद्यालयको शैक्षिक एवं भौतिक विकासमा सहयोग गर्न सल्लाहकार समिति समेत गठन गरिएको प्रअ गिरीले जानकारी
दिए । उनका अनुसार सल्लाहकार समितिको संयोजकमा पदमबहादुर रानाभाट रहेका छन् भने सदस्यहरुमा दामोदर थापा र रामबहादुर थापा रहेका छन् ।

Related posts

बहुदल प्राप्तिपछि कै सबैभन्दा कम मतदान, प्रत्यक्षतर्फ संघ तथा प्रदेशमा कांग्रेस ठूलो दल बन्ने संकेत

admin

स्थापना दिवसको अवसरका भलिबल प्रतियोगिता

Deepak Joshi

बहुदलीय प्रतिष्प्रधा विस्थापन गर्दै गठबन्धन

admin