29.4 C
Damauli
October 9, 2026
Tanahun Awaj
कानुन

सर्वाेच्चमा स्वचालित पेशी प्रणाली

अधिवक्ता ऋषिराम पोख्रेल

पृष्ठभूमि
मुद्धाको पक्षले वा कानुन व्यवसायीले फाँटवालालाई प्रभावमा पेशी चढाउँदा अनावश्यक चाँडो वा ढिलो गराउने गरेको जनगुनासो बढेपछि त्यस्तो अनियमिततालाई नियमन गर्न स्वचालित प्रणालीबाट पेशी तारीख तोक्न विकसित प्रविधिको अभ्यास सर्वोच्च अदालतले भाद्र ११ गतेबाट गरेको छ ।
के हो स्वचालित प्रणालीः
कम्प्यूटर विज्ञानले विकास गरेको मानवशक्तिले पेशी तारीख तोक्ने काम अब कम्प्यूटरले तोक्न सक्ने गरी तयार पारिएको प्रविधि हो– स्वचालित पेशी तारिख प्रणाली । स्वचालित प्रणालीले कसरी काम गर्दछ विस्तृत ज्ञान लिन नपाइएको भएतापनि अल्पज्ञान अनुसार मुद्दाको दर्ता मितिका आधारमा, मुद्धाको प्रकृतिका आधारमा, संख्याका आधारमा स्वचालित रुपमा पेशी चढ्ने गरी प्रविधिको विकास गरिएपछि हाललाई प्रयोगका रुपमा सर्वोच्च अदालतले मात्रै अभ्यास गरेको छ । प्रविधिको सफलता र असफलता अर्थात फाईदा र वेफाईदाको अनुभवका आधारमा उच्च अदालत, मुद्धा संख्या भएको धेरै भएका जिल्ला अदालतमा र सबै अदालतमा यो प्रणाली लागू गर्ने सोंच सर्वोच्च प्रशासनमा देखिन्छ ।
कसरी काम गर्दछः
सर्वोच्च अदालतले कार्यान्वयनमा ल्याएको स्वचालित पेशी तारीख प्रणालीले जुन सुकै मुद्धा छ महिनाभित्र पेशी चढ्ने प्रणालीको विकास गरेको छ । पाँच बर्ष पुराना मुद्धाहरुलाई दुई महिनामा पेशी चढ्ने गरी प्रवन्ध मिलाएको छ । मुद्धाको प्रकृति र संख्या अनुसार कायम भएका छुट्टा छुट्टै फाँटहरुले पेशी चढाउने पद्धति अनुसार मिलाइएको स्वचािलत प्रणालीले संवैधानिक इजलासले पेशी तारीख तोक्ने, रिट फाँटले पेशी तारीख तोक्ने, बैंकिङ्ग कसूरको मुद्धा फाँटले पेशी तारीख तोक्ने फरक फरक प्रणाली अनुसार प्रविधिले काम गर्नेछ ।
प्रविधिको फाईदाः
दर्ता मितिका आधारमा प्रविधिले काम गर्न थालेपछि फाँटले पेशी तारीखलाई फाँटबाट अघि र पछि गर्न नमिल्ने हुँदा पहुँच, आर्थिक चलखेलले पेशी ढिला हुने वा चाँडो हुने अनियमितता हट्ने विश्वास लिईएको छ ।
वेफाईदाः
भरखरै प्रयोगमा आएको प्रविधिको वेफाइदा केलाउने बेला भएको छैन । आकस्मिक विदामा प्रविधिले कसरी काम गर्दछ ? जानकारी छैन । अभ्यासले कमिकमजोरी पत्ता लागेपछि बेफाईदा थाहा पाईने हो । तर पनि प्रविधि निर्माण गर्नेसंग प्रविधि संसोधन गर्ने र मिलाउने ज्ञान पनि हुन्छ । अब फाँटबाट हुने चलखेल प्रविधिबाट भयो भने त्यो झनै अन्योलपूर्ण र अभिषाप हुन पुग्दछ ।
निष्कर्षः
प्रविधिको विकासले निश्चित रुपमा चलखेल, अनियमितता, भ्रष्टाचार नियन्त्रण गर्दछ । प्रविधिको प्रयोग संगसंगै त्यसको नियन्त्रण पनि प्रयोग कर्तासंग हुनु पर्दछ । प्रविधिको दुरुपयोगबाट हुने हानी नोक्सानी तर्फ हरपल सजगता कायम राख्न सक्नु पर्दछ ।

Related posts

संहितामा व्यवस्थित दुष्कृति कानुन

admin

यान्त्रिक वा स्वचालित हतकडीलाइ निषेध

Tanahun Awajweekly

संहिता सुरक्षित नागरिक अधिकार

admin