22.9 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

चण्डीदेवीमा स्वागत तथा विदाइ

फोटो यमप्रसाद सापकोटा


कुमालटारी/चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयले आगन्तुक विद्यार्थीलाई स्वागत र विद्यालय शिक्षा पुरा गरेका विद्यार्थीलाई बधाई सहित विदाई गरेको छ ।
विद्यालयले कक्षा ११ मा भर्ना भई पढ्न आएका विद्यार्थीलाई स्वागत गरेको हो भने कक्षा १२ को पढाई सकेर जाने विद्यार्थीलाई बधाई सहित सुक्रबार विदाई गरेको थियो ।
स्वागत तथा विदाई कार्यक्रमका प्रमुख अतिथि शिक्षक अभिभावक संघका अध्यक्ष यज्ञप्रसाद शर्माले विद्यालय शिक्षा पुरा गरी जाने विद्यार्थीलाई विद्यालयमा देखाएको अनुशासनलाई कायम राख्दै असल, सभ्य, सुस्कृत जीवनशैली निर्माण गरेर असल राष्ट्र सेवक बन्न प्रोत्साहित गर्नुभयो । विद्यालयका प्रधानाध्यापक रामचन्द्र पोख्रेलले यस बर्षको एसइई बोर्डको नतिजाले चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर कायम गर्दै गएको पुष्टि भएको चर्चा गर्दै शैक्षिक गुणस्तर कायम गर्न मेहनत गर्ने शिक्षक, विद्यार्थी, अभिभावक सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । साथै अगामि दिनमा समेत सबैको सहकार्यको निरन्तरताको लागि आव्हान गर्नुभयो ।
विद्यालयका शिक्षक यमप्रसाद सापकोटाले दिनुभएको जानकारी अनुसार स्वागत तथा विदाई कार्यक्रमलाई शिक्षकहरु सहायक प्र.अ. इश्वर अधिकारी, शान्ता वास्तोला, टिकाराम ढकाल, यसबर्षको उत्कृष्ट अंक ल्याउने विद्यार्थी मनिष अधिकारी लगायतले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा सबैको सामुहिक प्रयासको प्रसंसा गर्नुभएको थियो । विभिन्न झाँकी समेत प्रस्तुती रहेको सो कार्यक्रमको सभापतित्व कक्षा ११ का विद्यार्थी महेश सुवेदीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय सम्झना परियार र रोहिणी कँडेलले गरेका थिए ।

Related posts

विश्व शान्ति दिवसमा द्वीप प्रज्वलन

admin

व्यासको सार्वजनिक सुनुवाइ भोली

Deepak Joshi

भूकम्पीय सुरक्षा जनचेतना सभा

admin