21.3 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

ज्वालाखोला मोटरेबुल पुल उद्घाटन

फोटो सञ्जय श्रेष्ठ

रुपटार/तनहुँको ऋषिङ्ग गाउँपालिका वडा नं. ५ रुपटारमा ज्वाला खोला मोटरेवल पुलको निर्माण सम्पन्न भएको छ । झण्डै तीन करोडको लागतमा निर्माण सम्पन्न भएको पुलको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार उद्घाटन गर्नुभएको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयकोबाट २०७७ सालमा विनियोजित ३ करोड २५ लाखमा एति बिल्डर्स काठमाडौँसंग पुल निर्माण गर्ने सम्झौता भएको थियो । एति विल्डर्सले लागत अनुमान भन्दा कम लागतमा सम्झौता बमोजिमको निर्धारित समयसीमा भित्रै निर्माण सम्पन्न गरेको थियो ।
कार्यक्रमका प्रमुख अथिति गण्डकी प्रदेशका प्रमुख सुरेन्द्रराज पाण्डेले शालिग्राम करिडोर गण्डकी प्रदेश सरकारको गौरवका आयोजना भएको र यसलाई देवघाटमा देखि सेती वेनि पर्वत हुँदै बूढीगण्डकी करिडोरमा जोडेर मुक्तिनाथ सम्म छिट्टै पुर्याउने बताउनु भयो ।
प्रदेश सरकारले यस आर्थिक वर्षमा मात्र ऋषिङ गाउँपालिका भित्रका भौतिक पूर्वाधार तथा सडकका लागि २२ करोड, विभिन्न खानेपानीका योजनाहरुका लागि २ करोड रुपैयाँ तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण र प्रवर्द्धनका लागि १ करोड विभिन्न शीर्षकमा विनियोजन गरेको सो अवसरमा मुख्यमन्त्रीले पाण्डेले जानकारी गराउनु भएको थियो ।
गण्डकी प्रदेशका कृषि मन्त्री महेन्द्रधवज जिसीले परम्परागत कृषि प्रणालीलाई व्यासायिक रूपमा अगाडि बढाउन सिंचाईको व्यवस्थापन गर्न र कृषिजन्य उत्पादन गर्ने कार्यक्रम ल्याउने बताउनु भयो । ।
गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले ७० वर्ष अगाडि खोलिएको श्रुङ मार्ग, कृष्ण मार्गको स्तर सुधारका लागि हर सम्भव प्रयास गर्ने, गण्डकी प्रदेशको महत्वपूर्ण गौरवको योजना सडक योजना भारतको कोरल जोड्ने र शालिग्राम करिडोर लगाएतका महत्वपूर्ण योजनाहरू सम्पन्न गर्न लागेको समेतका आफ्ना कार्यकालका योजनाहरु सुनाउनु भएको थियो ।
कार्यक्रमका सभापति एवं ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले ग्रामीण क्षेत्रलाई उत्पादनसँग जोड्नका लागि प्रदेश सरकारसंग सहकार्य गरेर स्थानिय सरकार तल्लीनताका साथ अगाडि बढ्ने बताउनु भयो । अध्यक्ष श्रेष्ठले प्रदेश संग सम्बधित रहेका विकास निर्माण र योजनाहरुको दर रेट स्थानिय निकायको दररेटसँग बाझिएको हुँदा मूल्य समायोजनका लागि समेत प्रदेश सरकारको ध्यानकर्षण गराउनु भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्ट, पूर्वाधार विकास कार्यालय तनहूँका प्रमुख दिनेश घिमिरे, नेपाली काँग्रेसका केन्द्रीय सदस्य नानु बास्तोला, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरणम वाग्ले, भिमाद नगरपालिकाका प्रमुख दधिराम सुवेदी, घिरीङ गाउँपालिका अध्यक्ष होम बहादुर थापा, नेपाली काँग्रेस तनहुँका सदस्य मोहन गिरी, जिल्ला समन्वय समिति तनहुँका निवर्तमान सदस्य निल बहादुर थापा, विभिन्न पार्टीका प्रतिनिधि, स्थानिय जनप्रतिनिधि लगाएत स्थानियहरुको उलेख्य सहभागीता रहेको थियो ।

Related posts

बढ्दै कोरोना संक्रमण

admin

पृथ्वी राजमार्गको यात्रा
उपहारमा गर्मी, धुलो र जाम

admin

दमौली खानेपानीमा बुद्धिमान

admin