22.5 C
Damauli
September 17, 2026
Tanahun Awaj
समाचार

म्याग्देमा ब्रम्मण समाज

साँगे/ ब्राम्हण समाज नेपाल म्याग्दे–७ को साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका नवनिर्वाचित सचिव विष्णुहरि भट्राईका अनुसार साधारण सभाले श्रीभद्र आचार्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । समाजको उपाध्यक्षमा ऋषिराम पौडेल, सचिवमा विष्णुहरि भट्टराई तथा कोषाध्यक्षमा गंगा वाग्ले चयन भएका हुन् ।
यसैगरी समाजका सदस्यहरुमा मुक्तिनाथ वाग्ले, धु्रव वाग्ले, अञ्जना भट्टराई, लक्ष्मी भण्डारी, दोधराज रेग्मी, रमानाथ पंंगेनी र ईश्वरी वाग्ले लाई साधारण सभाले सर्वसम्मत चयन गरेको हो ।
समाजका निवर्तमान अध्यक्ष शिवप्रसाद वाग्लेको सभापतित्वमा एवं ब्राम्हण समाज नेपाल केन्द्रीय सदस्य उपेन्द्र लम्सालको प्रमुख आतिथ्यमा साधारण सभामा सम्पन्न भएको थियो । सभामा कोषध्यक्ष गंगा वाग्लेले समाजको वार्षिक आय–व्यय विवरण प्रस्तुत गरेकी थिईन् । विष्णुहरि भट्टराईले स्वागत गरेको कार्यक्रममा मुक्तिनाथ वाग्ले, दुर्गादेवी वाग्ले, रामचन्द्र वाग्ले तथा श्रीभद्र वाग्ले लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

Related posts

व्यासको बजेट असार १० मा-चालु आवमा २५ प्रतिशत मात्रै पूँजीगत खर्च

admin

प्रजातान्त्रिक व्यवस्थाको विकल्प प्रजातन्त्रः काँग्रेसका सैद्धान्तिक नेता जोशी

admin

नेकपा एमालेको ११ औं महाधिवेशनओलीको तेस्रो विजय, १९ पदाधिकारीमा ओलीकै वर्चस्व, तनहुँबाट चार केन्द्रीय सदस्य

admin