22.9 C
Damauli
October 8, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

एकै साथ खडेरीको चामल अभाव- सम्पादकीय

Editorial
यतिबेला नेपाली नागरिक खडेरी र चामल अभाव दुवैको मारमा परेका छन् । हाम्रो मौसम विद्हरुले अनुमान गरेभन्दा निकै कम वर्षा भएका कारण अधिकांश धान खेत बाँझै रहने अवस्था बनेको छ । उता भारतले वासमती बाहेकका सबै प्रकारको चामल निर्यातमा रोक लगाएसंगै जनता मारेरै भएपनि आफु मोटाउने दाउमा रहेका केही व्यापारीले चामलको कृतिम अभाव सृजना गरेका छन् । फलस्वरुप विपन्न र मध्यमवर्गिय नेपालीको चुलो नबोल्ने अवस्था छ ।
औसतभन्दा कम वर्षा हुने भनिएपनि मध्य साउनसम्म खसै वर्षा नहुँदा देशभरका किसानको खेत बाँझै छ । प्राप्त तथ्याङ्क अनुसार झण्डै ५५ प्रतिशत मात्रै रोपाईँ सकिएको छ । दैनिक मौसम पूर्वानुमान माहाशाखा भारी वर्षा हुने सूचना जारी गर्छ तर वर्षा हुँदैन । अब त ती सूचना किसानलाई जिस्क्याउन प्रकाशन गरिएको जस्तो लाग्न थालेको छ । गत बैशाख–जेठमै खडेरीका पूर्व संकेतहरु थिए र हामीले सम्पादकीय मार्फत स्थानीय सरकारहरुलाई खडेरीसंग जुध्ने बजेट ल्याउन आग्रह गरेका थियौं । तर विडम्बना डोजरे विकासको बानी परेका हाम्रा जनप्रतिनिधिको ध्यान त्यता गएन र अझै गएको छैन ।
हामी वार्षिक झण्डै ५० अर्वको चामल आयात गर्छौं । त्यसमध्ये सबैभन्दा धेरै भारतबाट आयात गर्ने गरिन्छ । अंशमा नै हिसाब गर्ने हो भने कुल चामल आयातको ४० प्रतिशत हामी भारतसंग निर्भर छौं । यस्तोमा भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धको सोझो असर हामीलाई पर्ने छ । अझ जे गरेर भएपनि पैसा कमाउने ध्याउन्नमा रहेका व्यापारीले सृजना गर्ने कृतिम अभाव र त्यसका कारण हुने मूल्य वृद्धिले आम नेपालीको पेट भोकै रहने अवस्था आउन सक्छ । 
त्यसैले एकातिर सरकारले खडेरीसंग जुध्ने र भारतसंगको निर्भरता कम गर्दै चामलमा आत्म निर्भर हुने उपाएको खोजी आवश्यक भैसकेको छ । आशा गरौं जनताका प्रतिनिधिको ध्यान जनताका समास्या समाधानमा अवश्य तानिने छ ।   

Related posts

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले
कार्तिक १४ मा संघीय संसदको संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ

admin

२८ बर्षे स्वनियमन र स्वमूल्याङ्कन

admin

अपराध रोक्न र घटेपछि हाम्रो कर्तब्य

admin