25.8 C
Damauli
September 22, 2026
Tanahun Awaj
समाचार

म्याग्देबाट हुलाकको सेवा शुभारम्भ

फोटो बी बी श्रेष्ठ
म्याग्दे/गाउँ पालिकाले सोमबारबाट हुलाक कार्यालय स्थापना गरी सञ्चालनको शुभारम्भ गरेको छ । वडा नं ४ छाङ्ग घुम्तीमा हुलाक कार्यालय स्थापना भई हुलाक सेवा शुभारम्भ थियो । 
एक पालिका एक हुलाकको अवधारणा कार्यान्वयन गर्ने नेपाल सरकारको  नीति तथा कार्यक्रम अनुसार  म्याग्दे गाँउपालिकाले आर्थिक बर्ष २०८०÷०८१ पहिलो दिन साउन १ गते नै हुलाक कार्यालय स्थापना गरेको थियो । 
हुलाक कार्यालयको शुभारम्भ अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र जिल्ला हुलाक कार्यालय तनहूँका प्रमुख मित्रलाल भट्टराईले संयुक्त रुपमा गर्नुभएको हुलाक कार्यालय तनहुँले जनाएको छ ।  कार्याक्रममा म्याग्दे गाँउपालिकाका उपाध्यक्ष श्री बालकृष्ण घिमिरेज्यू, वडाध्यक्षहरु, बैक तथा वित्तिय संघ संस्थाका प्रतिनिधिहरु, सहकारी संस्थाका प्रतिनिधिहरु, म्याग्दे गाँउपालिकाका विभिन्न शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । 
उक्त गाँउपालिकामा साविकमा ईलाका हुलाक कार्यालय नरहेको हुँदा पालिका हुलाक कार्यालयको स्थापना भएको हो र गाँउपालिकाले उक्त पालिका हुलाक स्थापना भएपछि जनतालाई सेवाप्रवाह गर्न तथा सूचनाको आदानप्रदान गर्न सहज हुने विश्वास लिएको छ ।   
कार्यक्रमका प्रमुख अतिथि तथा गाँउपालिकाका अध्यक्षज्यूले हुलाक सेवा प्रवाह स्थानीय तहसगँ समन्वय गरी जनताले सरल र सहज तवरले घरघरबाट सेवा प्राप्त गर्ने विश्वास लिएको बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि तथा गाँउपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले हुलाकको सेवालाई पनि स्थानीय सरकार मातहत ल्याई प्रभावकारी तवरले सेवा सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनु भयो । कार्यक्रमका अध्यक्ष तथा हुलाक अधिकृत मित्रलाल भट्टराईले हुलाक सेवालाई प्रभावकारी तवरले नागरिकको घरघरमा सरल र सहज तवरले प्रवाह गर्ने गराउने व्यवस्था मिलाउन पालिकाहरुसंग समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो कार्यक्रमको सञ्चालन खरिदार हिमलाल ढुंगानाले स्वागत स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नायव सुब्बा सचिन पौडेलले गर्नुभएको थियो । 

Related posts

मनपाङमा घुम्ती बैठक सम्पन्न

admin

पत्रकारिता अक्षयकोष स्थापना

admin

जोशीको उम्मेदवारी घोषणा

admin