23.1 C
Damauli
September 17, 2026
Tanahun Awaj
कानुनविचार/दृष्टिकोण

अदालतभित्रै न्यायकर्मि बीच नोकझोक

ऋषिराम पोख्रेल अधिवक्ता

पृष्टभूमिः
ललितपुर जिल्ला अदालतकी नासु प्रेमिका तामाङ र मुद्धामा वारीस समेत रहेका उच्च अदालत पाटन बारमा आवद्ध अधिवक्ता अमिर लामिछाने बीच असार १३ गतेको आदेश हेर्न माग्दा निवेदन माग, आदेश के भयो भनिदिए पनि हुन्छ, भन्दा नभनि दिएपछि स्रेस्तेदारसंग गुनासो गरेका अधिवक्तासंंग आक्रोसित नासु तँ त र म म मा उत्रेपछि दुई बीचको नोकझोक बार र बेञ्च बीचको नोकझोकका रुपमा देखियो ।
कानुन व्यवसायी हिरासतमाः
ललितपुर जिल्ला अदालतमा कर्मचारीहरुले तत्कालै अदालतको अवहेलना, अभद्र व्यवहार समेतमा उजुरीमा कानुन व्यवसायी अमिर लामिछानेलाई नियन्त्रणमा लिई हिरासतमा राखिएको थियो । लामिछाने आवद्ध उच्च अदालत पाटन बारले असार १४ गते विहिबार विज्ञप्ति निकालेर लामिछानेको रिहाईको माग राखेपछि चार कर्मचारी संगठनले संयुक्त विज्ञप्ति निकालेर विज्ञप्ति निकालेर १७ गते काम बन्द गरेपछि नेपाल बार एशोसिएशनले पनि १७ गते नै विज्ञप्ति निकालेर विभिन्न ६ वटा माग राख्दै २४ घण्टा भित्र अधिवक्ता अमिर लामिछानेको रिहाईलाई जोड दिएपछि १७ गते साँझ नै अधिवक्ता लामिछानेको रिहाई गरिएको थियो ।
चार संगठनको मागः
निजामति कर्मचारी सम्बद्ध चार संगठनले असार १५ गते संयुक्त विज्ञप्ति जारी गर्दै उच्च अदालत पाटन बारद्वारा १४ गते जारी विज्ञप्ति जारी घटनामा सम्लग्न कानुन व्यवसायीको रिहाईको माग गरेको विषयलाई अपराधिक घटनालाई प्रोत्साहन गरेको आरोप लगाउँदै दुःख व्यक्त गरेको छ । साथै दोषीलाई कारवाहीको लागि लेखी पठाउन र अदालतको अवहेलनामा कारवाही गर्न माग गरिएको छ ।
नेपाल बारको दृष्टिकोणः
मर्यादित बार र मर्यादित अदालतप्रतिको धारणा प्रष्ट पार्दै कानुन प्रदत्त पक्षको प्रतिनिधित्व गर्ने हक कुण्ठित गर्ने कार्यको नेपाल बार एशोसिएशन डटेर सामना गर्ने विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष र महासचिवको संयुक्त हस्ताक्षर भएको असार १७ गतेको विज्ञप्तिमा नासु प्रेमिका तामाङले आदेश हेर्नलाई घुस माग्दा इन्कारी गर्ने कानुन व्यवसायीलाई त्यो खालको अभद्र व्यवहार देखाएको घटनालाई अतिरञ्जनापूर्ण ढङ्गले घटनाको वास्तविकता र यथार्थता बङ्ग्याईकोप्रति नेपाल बारको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
तनहुँ बारको सहभागिताः
नेपाल बारको आव्हानमा भएको विरोध कार्यक्रममा तनहुँ बार पनि सहभागि भयो । कोण सभामा प्रजातन्त्रवादी कानुन व्यवसायी र प्रगतिशिल कानुन व्यवासयी समूहको नेतृत्व सहभागि रहेको थियो । विरोध कार्यक्रममा बरिष्ठ अधिवक्ताहरु र मुद्धा संख्या धेरै रहेको बताउने कानुन व्यवसायीको सम्भव सहभागिता रहन सकेन ।
निष्कर्षः
जिल्ला अदालत ललितपुरमा देखिएको बारबेञ्चको नोकझोक देशभर अनुभूति भएको छ । अर्घाखाँची जि.अ.न्यायाधीश डा. श्रीकृष्ण भट्टराईको राजीनामा र यो नोकझोक न्यायाधीश नियुक्तिमा नेपाल बारले पाउँदै आएको भाग हिस्साबाट सिर्जित शीतयुद्धको परिघटनाको रुपमा दृष्टिगोचर पनि हुन थालेको छ ।

Related posts

अन्तर्राष्ट्रिय वेपत्ता विरुद्धको दिवस

admin

स्थानिय निकाय संरचना र उत्पादन-उपभोग नीति 

admin

आठ हजारका राजा १२ हजारका बानियाँ

admin