Tanahun Awaj
समाचार

शिवकालिका जिल्लाकै नमूना सहकारी

व्यास-२ पदमचोकमा कार्यालय रहेको शिवकालिका वचत तथा ऋण सहकारी संस्था जिल्लाकै नमूना सहकारी बन्न सफल भएको छ ।
२०६७ साल असोजमा विधिवत दर्ता भई वचत संकलन तथा त्यसको परिचालन मार्फत उद्यमशीलता आर्थिक विकासको क्षेत्रमा योगदान गर्दै आएको उक्त सहकारीको विश्वसनिय कामकै कारण वचत कर्ताको संख्या दुइहजार पाँचसय भन्दा बढी रहेको संस्थाका सचिव दीपक न्यौपानले बताए । न्यौपानेका अनुसार ६६ सेयर सदस्यबाट सुरु गरेको सहकारीका हाल ४ सय ८९ सेयर सदस्य रहेका छन् ।
सहकारीका अध्यक्ष पूणर्बहादुर खड्काका अनुसार आर्थिक विकासमा सरकारको तिन खम्बे नीतिलाई पछ्याउँदै सहकारीले आर्थिक विकाससंग सम्बन्धित विभिन्न कामहरु गर्दै आएको छ । यसका साथै सहकारीले सामाजिक उत्तरदायीत्व अन्तर्गत जेष्ठ नागरिक सम्मान, एसइइमा उच्च अंक ल्याउने शेयर सदस्यका सन्तानको सम्मान, असल वचतकर्ता सम्मान जस्ता कार्य गर्दै आएको छ ।
यसैबीच सहकारीले प्रेस युनियन तनहुँका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ । सहकारीका अध्यक्ष पूणर्बहादुर खडका, उपाध्यक्ष बेलबहादुर रानाभाट, लेखा समिति संयोजक विष्णुभक्त न्यौपाने, सचिव दीपक न्योपाने समेतको उपस्थितिमा प्रेस युनियनकर्मीलाई टिका र खादा लगाएर सम्मान गरिएको उपाध्यक्ष बेलबहादुर रानाभाटले तनहुँ आवाजलाई बताए ।

Related posts

नभत्काई निर्माण हुँदैन भन्ने लोकोक्तिको धरातलमा वर्तमान सरकारको १८ बुँदे प्रतिबद्धता पत्र

Deepak Joshi

विभिन्न अक्षयकोषबाट पत्रकार पुरस्कृतः

admin

महासंघको शुद्धीकरण आव्हान

admin