23.6 C
Damauli
September 22, 2026
Tanahun Awaj
समाचार

सुरक्षित आप्रवासन सचेतना

फोटो बी बी श्रेष्ठ

म्याग्दे/रोजगारीको मूल स्रोत बैदेशिक रोजगारी बनेको नेपाली समाजमा सुरक्षित आप्रवासन समवन्धी समेतना मूलक कार्यक्रम खाँचो महसुस गर्दै म्याग्दे गाउँपालिकाले एक कार्यक्रम सम्पन्न गरेको छ ।
सुरक्षित वैदेशिक रोजगारका लागी आप्रवासी स्रोत केन्द्र तनहुँको आयोजनामा सुरक्षित आप्रवासन कार्यक्रम म्याग्दे गाँउपालिकामासम्पन्न भएको छ । पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमममा वैदेशिक रोजगारीको कारण सृजित सामाजिक तथा पारिवारिक घटनाको वारेमा जानकारी गराईएको थियो ।
सुरक्षित आप्रवासन कार्यक्रममा महिला तथा पुरुष कामदारले विदेशमा गर्न सकिने काम र त्यस कामको वारेमा चर्चा गरिएको थियो । महिला कामदारले गार्मेन्ट मेसिन अपरेटर, विद्युतिय सिलाई मेसिन वाट रेडिमेड कपडा तयार गर्ने, हाउस किपिङ्ग, क्लिनर, पुरुष कामदारका लागी शटरिङ्ग, कार्पेन्टर, स्काफोल्डर, पलम्वर, ईलेक्टिूसियन, पाइप फिटिङ्ग, वोल्डिङ्ग लगायतका कामका वारेमा जानकारी गराईएको थियो ।
कार्यक्रमका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सुरक्षित आप्रवासन कार्यक्रम देशको वाध्यता भएको वताउनुभयो ।
देशमा नै रोजगारीको अवसर सृजना हुन नसकेर विदेशिनु देशको सवैभन्दा ठुलो समस्या भएको वताउनु भयो । रोजगारमा जानुपुर्व सम्वन्धित कामको वारेमा जानकारी राख्ने, दक्षता हासिल गर्नुपर्ने हुदाँ काम सिकेर मात्र वैदेशिक रोजगारीमा जानुपर्ने वताए ।
कार्यक्रममा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले वैदेशिक रोजगारीको समस्याका वारेमा सुरक्षित आप्रवासन कार्यक्रमले धेरै ठुलो भुमिका खेलेको वताए । समस्या आउनुपुर्व नै सम्वन्धित विषयका जानकारी र समस्या पछिका समाधानका उपायमा गरिने यस्ता कार्यक्रमले सेवाग्राहीलाई सहज हुने उपाध्यक्ष घिमिरेले वताए । टोल विकास संस्थाका प्रतिनिधीहरु, स्थानिय क्लवका अध्यक्ष, वैदेशिक रोजगारीवाट फर्केकाहरुले आफनो अनुभव राखेका थिए । कार्यक्रमको संचालन पालिकाका सुचना अधिकृत आकाश गुरुङ्गले गरेका थिए ।

Related posts

केशवटारमा निशुल्क स्वास्थ्य शिविर

admin

‘मुलुकको हितमा गठबन्धन’

admin

कतारी राजाको स्वागत र विदाई
तामधाम र भव्यताले दिएको सन्देश

admin