30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

चण्डीदेवीमा जुनियर युवा रेडक्रस गोष्टी

दमौली/व्यास नगरपालिका वडा नं. ज्ञण् स्थित चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयकव् युवा रेडक्रस सर्कल चण्डीदेवीले दुई दिने ३८औं जुनियर युवा गोष्ठि सम्पन्न गरेको छ । चण्डीदेवी अध्यक्ष रोशनी कुवँरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले युवा रेडक्रस सर्कल चण्डिदेवी, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म छुट्टै पहिचान भएको चर्चा गर्दै प्रसंसा गर्नुभयो । वडाध्यक्ष खेमराज पोखरेलले सर्कल कार्यलाई समाजसेवा, मानवीय सेवा, निस्वार्थ सेवा, स्वेच्छिक सेवाको संज्ञा दिएर सर्कललाई प्रोत्साहित गर्नुभएको थियो । सर्कलका संरक्षक एवं विद्यालयका प्रधानाध्यापक सर्कलले विद्यालय भित्र र बाहिर पनि जहाँ दुःख त्यहाँ चण्डीदेवी सर्कलको पहिचान दिएको भन्दै खुलेर प्रसंसा गर्नुभयो ।
गोष्ठिको उत्घाटन सत्रमा पूर्व वडाध्यक्ष तुलसीराम सापकोटा, वडा सदस्य इश्वर पौडेल, जुनियर तथा युवा सर्कल तनहुँ शाखाका संयोजक विमल गिरी, सदस्य सुमन थापा, विव्यस अध्यक्ष बाबुराम पौडेल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।


उद्घाटन सत्र पछि जिल्लाभरका ३५ विद्यालय सहभागि रहेको गोष्ठि प्रारम्भ भएको थियो । सहभागि विद्यालयका सर्कललहरुले बर्षभरिको आफ्नो कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । दुई दिने गोष्ठिमा शिक्षक नायक तथा सर्कलका विद्यार्थीहरु समेत करिव एक सय असी जनाको सहभागिता रहेको चण्डीदेवीका शिक्षक नायक यमप्रसाद सापकोटाले तनहुँ आवाजलाई बताउनु भयो ।
गोष्ठीमा नेपाल रेडक्रस गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेल लगायतले सहजीकरण गर्नुभएको थियो । समापनका अवसरमा गोष्ठी सम्पन्न गर्न आर्थिक सहयोग गर्ने विद्यालयहरुको पहिचान गराई धन्यवाद ज्ञापन समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन सर्कलको सचिव रोशनी थापाले गर्नुभएको थियो ।

Related posts

मधेशी एकता समाजले दुबईमा मनायो विजयादशमी

admin

खड्कालाई क्रियाशिल पत्रकारिता पुरस्कार

admin

शुभकामना तथा भित्तेपात्रो विमोचन

admin