Tanahun Awaj
समाचार

नयाँ मोड लिँदै नक्कली शरणार्थी प्रकरण

अभिलेखबाट

विशेषसम्वाददाता
देशमा प्रजातन्त्र स्थापनाको आन्दोलनमा सहभागी भए बापत भुटानबाट लखेटिएका नागरिकको नाममा नक्कली
शरणार्थी बनाएर नेपालीलाई तेस्रो देश पठाउने प्रकरणले नयाँ मोड लिएको छ ।
यो प्रकरणमा पक्राउ परेका केशव दुलालले बयानका क्रममा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री कार्यालयमै एक
करोड रुपैया लिएको बताए । यो संगै देशको सर्वोच्च कार्यकारी प्रधानमन्त्री पदमा आसिन व्यक्ति समेत यो प्रकरणमा मुछिने देखिएको छ । तत्कालिन उर्जा मन्त्री टोपबहादुर रायमाझी पक्राउ परेसंगै बालुवाटारमा बढेको पूर्व प्रधानमन्त्री ओलीको दौडधुपले पनि यस्तो आशंकामा बल दिएको छ । दुलालका अनुसार तत्कालिन गृहमन्त्री
रामबहादुर थापाले समेत नगद तीन करोड बुझेको बताएका छन् ।
यसअघि जिल्ला प्रहरी परिसर काठमाडौँले २०७९ चैत १२ देखि सुरु गरेको अनुसन्धान ५८ दिनमा पूरा गरेर काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा सोमबार प्रतिवेदन बुझाएको थियो । प्रहरीले उक्त प्रकरणमा ३० जना विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको
थियो । तर पक्राउ परेकाहरुको पछिल्ला बयानले प्रकरणमा नयाँ नयाँ मोड लिने देखिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कतिपय अभियुक्त विरुद्ध जाहेरी आउन सक्ने र सङ्गठित अपराधमा संलग्न अन्य आरोपितलाई समेत कानुनी दायरामा ल्याउन मिल्ने गरी पूरक प्रतिवेदन पुनः पेस गर्ने विकल्पसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईको भूमिका प्रमुख देखिएको अनुसन्धानबाट खुलेको बताएको काठमाण्डौ प्रहरीले शायद नयाँ नाम थपिन सक्ने आँकलनका साथ पुरक प्रतिवेदन पुनः पेस गर्ने विकल्प राखेको थियो ।
भुटानी शरणार्थी प्रकरणमा फेस सेभिङ्ग भुटभुटी ठूला भनिएका नेताहरुलाई भैरहेका बेला सडक र सदन तात्दैछ । सदन चल्नै नसक्ने अवस्था आयो भने राजनीतिक कोष परिवर्तन पनि हुन सक्दछ ।

Related posts

विश्व रेडक्रस दिवसमा वक्तृत्वकला प्रतियोगिता

admin

श्रमिकका साठी बच्चालाई शैक्षिक सामग्री

admin

बालिका दिवसमा विविध कार्यक्रम

admin