Tanahun Awaj
समाचार

कृषकलाई निशुल्क माछाभुरा

फोटो वि वि श्रेष्ठ

म्याग्दे/गाँउपालिका भित्रका व्यवसायिक कृषकलाई निःशुल्क रुपमा पालिकाले माछाको भुरा वितरण गरेको छ । पाालिकाको पशु सेवा शाखाको यस आर्थिक बर्षको स्वीकृत कार्यक्रम अनुसार कृषकको माग संकलन गरि माछाको भुरा वितरण गरिएको हो । पालिका भित्रका २२ जना माछा पालक कृषकलाई साठी हजार माछाको भुरा वितरण गरिएको म्याग्देबाट विवि श्रेष्ठले बताएका छन् । भुरा वितरण कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँ पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कृषकलाई आफ्नो जीवन आत्मनिर्भर बनाउने प्रोत्साहन स्वरुप निःशुल्क माछाको भुरा वितरण गरिएको बताउनु भयो ।
सोही कार्यक्रममामा उपाध्यक्ष वालकृष्ण घिमिरेले कृषकलाई अनुदानको सहि सदुपयोग गर्न कृषकहरुलाई आव्हान गर्नुभयो ।
कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत जितराज राना, वडा नं ४ का वडाध्यक्ष दीपक श्रेष्ठ पशु शाखाका प्रमुख डा विनय शाह लगायतले यसको महत्व र उद्येश्यका वारेमा प्रकाश पारेका थिए । माछाको भुरा नेपाल कृषि अनुसन्धान केन्द्र वेगनास, पोखरावाट खरिद गरिएको हो ।
पशु चिकित्सक एव पशु सेवा शाखाका प्रमुख डा. विनय शाहका अनुसार तालिममा बाख्रा पालनका लागि स्थानिय स्रोत साधनवाट खोरको निर्माण, घाँस खेती र अन्य आहार व्यवस्थापन, हाडनाताको सम्वन्ध, घरेलु उपचार विधि, आन्तरिक तथा वाह्य परजीवि नियन्त्रण, रोगी तथा निरोगी बाख्राको पहिचान र खोपको वारेमा तालिम जस्ता विषयमा कृषकलाई प्रशिक्षित गर्ने उद्देश्य रहेको छ ।
कार्यक्रमका विशिष्ट अतिथी पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे, पालिकाका प्रमुख प्रशासकिय अधिकृत जित वहादुर राना, पशु चिकित्सक एव पशु सेवा शाखाका प्रमुख डा. विनय शाह, प्राविधिक रचना घिमिरे, दिवस पौडेलले लगायतले मन्तब्य राखेका थिए ।

Related posts

राष्ट्रपति शैक्षिक सुधार, तनहुँका ४८ विद्यालय छनौट

admin

आफ्नै उम्मेदवारप्रति छलकपट

admin

१११औं वी.पी. जयन्ती

admin