23.1 C
Damauli
September 17, 2026
Tanahun Awaj
समाचार

स्वर्णिमलाई गोविन्दको शुभकामना

विजेता स्वर्णिमलाइ उपविजेता गोविन्दले दिएको बधाइ
वैशाख  १० मा सम्पन्न उपनिर्वाचन मार्फत प्रतिनिधि सभाको सदस्य पदमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णीम वाग्लेलाई निकटतम प्रतिस्पर्धी कांग्रेस नेता गोविन्द भट्टराईले  शुभकामना दिएका छन् । 
भट्टराईले सामाजिक सञ्जाल मार्फत स्वर्णीमलार्य शुभ कामना दिँदै लेखेका छन्, सर्वप्रथम तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यका रुपमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई !

चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द प्रतिष्पर्धा रह्यो । र, संयोगले तपाईं निर्वाचित हुनुभयो । मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईंले सक्नुभयो ।
तपाईं यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा मप्रतिका विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब तपाईंको अभिभारा बन्न पुगेको छ । मैले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रुपमा निरन्तर खटेको हुँ । अब पनि खटिरहनेछु ।
अनि तपाईंले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ । यहाँका मतदाताको अति ठूलो अपेक्षा अनि भरोशा पूरा गर्न र राजनीतिक यात्रामा अब्बल बन्न सक्नुहोस्, मेरो धेरै धेरै शुभकामना छ । यस अघिनै मत गणनाका क्रममा स्वर्णीमले अग्रता लिएपछि भट्टराईले फेसबुकमा स्टेटस लेख्दै भनेका थिए, हुन त पदलाई मैले कहिल्यै प्राथमिकतामा राखिनँ । पदमा नरहे पनि तपाईंको पीडाले मलाई छोइरह्यो । ठूला आदर्शभन्दा तपाईंको व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर बीपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो यात्राका क्रममा तपाईंसँग रहेको हुँ । यसक्रममा पार्टीले मलाई विश्वास गरेर तनहुँ १ को उप निर्वाचनमा उम्मेदवार बनाउँदा तपाईंसँगको निकटताका आधारमा जुन आत्मविश्वासका साथ मैदानमा उत्रिएँ, मैले साथ पनि पाएँ । मलाई विश्वास गरेर सधैं सकारात्मक प्रतिक्रिया र उत्साह दिएर मप्रतिको विश्वास मतमार्फत प्रकट गर्नुहुने तपाईं सबैप्रति आभार प्रकट गर्दछु । चुनावी घरदैलोका क्रममा मेरो विगतप्रतिको तपाईंको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको रहेछु भन्ने कुराले सानो खुशी पनि दिलाएको महसुस गरें । साथै, मप्रति विश्वास नगर्नुहुनेप्रति पनि आभार प्रकट गर्दछु । सायद, मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ । तपाईंहरुको जनादेशलाई शिरोपर गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
स्वर्णीमले निर्वाचित भएको प्रमाणपत्र बुझ्ने कार्यकक्रममा पुगेका भट्टराईले विजयको माला पहि¥याएर शुभकामना व्यक्त गरे । उनले अंगाालो हालेर थपथपाउँदै विकासे अभियानमा सधैं साथ र सहयोग हुने विश्वास समेत दिलाएका थिए ।

Related posts

दमौलीमा लोकतान्त्रिक बाम गठबन्धनको कोणसभा

admin

पीडितको साथमा रेडक्रस

admin

विद्यालय गाभ्न स्थानीय तहसँग प्रस्ताव माग

admin