Tanahun Awaj
समाचार

गीतल प्रतिष्ठानको श्रष्ठा सम्मान तथा काव्य उत्सव

श्रष्टा सम्मान

“भाषा साहित्य वाङ्गमयको आधार सांस्कृतिक संरक्षण बिकासको पुर्वाधार“ मूल नाराका साथ “गीतल प्रतिस्ठान नेपाल तथा नाटक मञ्च“को आयोजनामा “श्रष्टा सम्मान तथा काव्य उत्सव“ कार्यक्रम सम्पन्न भएको छ । उत्सवको अवसरमा क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७९ बाट प्रा. डा. रामप्रसाद ज्ञवाली, गीतल राष्ट्रिय पुरस्कार २०७९ बाट कलाकार कृष्ण मर्सानी, गीतल प्रतिभा पुरस्कार २०७९ बाट तीर्थमान अथाहसागर तथा नेपाल अधिराज्यमा तनहुँ कृति पुरस्कार बाट प्रा. डा. जगमान गुरुङलाई पुरस्कृति गरिएको प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीले बताए । कार्यक्रममा प्रमुख अतिथीको रुपमा प्रा. डा. सुरेन्द्र केसी, विशेष अतिथि भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठी, प्रा. डा. जगमान गुरुङ, गीतकार बूद राना, प्रा. डा. रामप्रसाद ज्ञवाली, प्राज्ञ पुरु लम्साल लगाएतको उपस्थिती रहेको थियो । यसैगरी कार्यक्रममा दार्जिलिङ र भुटानका कवि एवं राष्ट्रिय र स्थानीय कवि र साहित्यानुरागीको उपस्थिती रहेको थियो ।

Related posts

खुकुरी प्रहारबाट व्यक्तिको हत्या

admin

पुनःमतदान सम्पन्न

admin

सिद्ध आविमा जुरेस गठन

admin