Tanahun Awaj
समाचार

जनताको समस्या समाधान
गर्ने भट्टराईको प्रतिवद्धता

उम्मेदवार गोविन्द भट्टराइ

दमौली/आगामी बैशाख १० मा हुने तनहुँ क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्यका लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईले पदमा नरहेर पनि तनहुँको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार बन्दीपुरका विभिन्न स्थानमा मतदाता भेटघाटमा पुगेका नेता भट्टराईले सो बताएका हुन् ।
“धेरै स्थानमा पदमा नहुँदा पनि मैले खानेपानीको समस्या समाधानमा काम गरिरहेको थिएँ,” उनले भने । विभिन्न स्थानमा खानेपानीका लागि महिलाको थाप्लोबाट नाम्लो र डोको हटाउने उद्देश्यले खानेपानीको सहजता कायम गर्न लागिपरेको उनले बताए । खानेपानीका लागि घण्टौं समय खर्चनुभन्दा उनीहरुलाई अन्य आयआर्जनसँग जोड्न सकिन्छ भनेर खानेपानीको समस्या समाधान गर्नु आवश्यक रहेको उनको भनाई छ । भट्टराईले पाँच वर्षभित्र सबै घरमा खानेपानी र बिजुली पु¥याउने उनले बताए ।

Related posts

काँग्रेस नेतृत्वसंग अबको सर्त कारवाही फुकुवा होइन, सिट बाँडफाँड

admin

उच्च अदालतमा भरखरै सिफारिस न्यायाधीशद्वयलाइ सम्मान

admin

बी पी विचार समाजबाट समवेदना

admin