Tanahun Awaj
समाचार

देवघाट युवासंघमा गुरुङ

देवघाट/राष्टि्य युवा संघ देवघाटको शनिवार सम्पन्न तेस्रो अधिवेशनले सुकु गुरुङ्गलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । अधिवेशनले ३१ सदस्यीय कमिटि सर्वसम्मत चयन गरेको थियो । अधिवेशनबाट उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा क्रमशः नरबहादुर थापा, विष्णुप्रसाद पाण्डे र मेखबहादुर मगर चयन भएका छन् भने सहसचिवद्वय किरण मल्ल र एकमायाँ गुरुङ्ग चयन भएका छन् । नेकपा एमाले जिल्ला कमिटि तनहुँको उपाध्यक्ष हरिराज कँडेलको प्रमुख आतिथ्यतामा आयोजित तेस्रो अधिवेशनलाई जिल्ला कमिटि सदस्य शिवराज पौडेल लगायत केशबचन्द्र न्यौपाने, मदन तिमिल्सेना, देवान गुरुङ्ग, सुरेन्द्र तामाङ्ग, अजित पन्त, भगवान पुन लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

Related posts

प्रहरीको सूचना प्रवाहप्रति पत्रकारको गुनासो, फोन व्यस्त हुँदा गुनासो आएछ–प्रवक्ता

admin

सम्पादकलाई मातृशोक

admin

४२औं वीपी स्मृति दिवस

admin