30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

सर्वदलीय बैठक आह्वान

दमौली/आज दिउसो १२ बजे संसद सचिवालयले सर्वदलिय बैठक आह्वान गरेको छ । सो वैठकको अध्यक्षता प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले गर्ने भएका छन् ।
बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै १२ दलका नेताहरुलाई बोलाइएको र प्रत्येक दलबाट एक/एक जना र ५ स्वतन्त्र सांसदलाई सर्वदलीय बैठकमा बोलाइएको संसद सचिवालयले बताएको छ ।
बैठकमा शपथसम्बन्धी कार्यक्रमको ब्रिफिङ र सांसदले पाउने सेवा सुविधालगायत विषयमा सांसदहरुलाई जानकारी गराईने सचिवालयले जनाएको छ । साथै, प्रतिनिधिसभाका प्रतिनिथिहरुको शपथ समारोह विहिबारनै १ बजे रहेको छ ।

Related posts

घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण

admin

सत्तागमनसंगै कांग्रेसमा बढ्दै किचलो: बहिर्गमन, गठबन्धन र महाधिवेशनमा मतभेद

admin

सन्दर्भः लागू पदार्थ विरुद्धको दिवस-सचेतनाको अभावमा दुर्व्यसन जोखिममा युवा

Deepak Joshi