Tanahun Awaj
समाचार

पत्रकार महासंघ तनहुँको साधारण सभा पुस १ र २ गते

दमौली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाको यही पुस १ र २ गते हुने भएको छ । महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले साधारण सभाको मिति तोकेको हो ।
बैठकले महासंघ तनहुँको समन्वयमा जिल्लाका क्रियाशील पत्रकारको बीमा नवीकरण गर्ने, नयाँ सदस्यताका लागि आवेदन खुला गर्ने, साधारण सभा लुम्बिनीमा गर्ने लगायतको निर्णय गरेको छ ।
पत्रकारलाई भ्रमण समेत गराउने उद्देश्यले बुद्धको जन्मभूमि लुम्बिनीमा साधारणसभा गर्ने निर्णय गरिएको बताउँदै दुई दिने भ्रमण सहितको साधारणसभाले पत्रकारमा पुनर्ताजगी आउने महासंघ तनहुँका सचिव प्रताप रानाले बताए ।

Related posts

मतदान केन्द्र

Deepak Joshi

स्थानीय निर्वाचन–२०७९, नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो

admin

रेडक्रसले विद्यालयमा थाल्यो स्वहेरचाह समेतका अभिमुखीकरण

admin