28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

बी पी विचार समाजबाट समवेदना

दमौली/विपी विचार समाज तनहुँले स्व. झुलबहादुर आलेका निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । समाजका अध्यक्ष हरिशरण पण्डितद्धारा शनिबार जारी विज्ञप्तीमा आलेको असामायिक निधन भएको खबरले समाज अत्यन्त दुःखीत भएको जनाएको छ ।
सरल एवं मृदुभाषी लोकतन्त्रका दहरो हिमाइती आलेको निधनले तनहुँ जिल्लाको लोकतान्त्रिक आन्दोलनलाइ अपुरणिय क्षती पुगेको समाजले ठहर गरेको विज्ञप्तीमा जनाईएको छ ।
यस्तै विज्ञप्तीमा यस दुखद घडीमा उहाँको परिवार र इष्टमित्रहरुमा गहिरो समवेदना व्यक्त गर्दै ,दिवङ्गत आत्माप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं भनि भनिएको छ । संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका नेता झुलबहादुर आलेको काठमाडौंमा उपचारको क्रममा निधन भएको हो ।

Related posts

विश्व प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरी

Deepak Joshi

सचिन स्मृति दौड प्रतियोगिता

Deepak Joshi

महासंघको भ्रत्सना

admin