25.8 C
Damauli
September 22, 2026
Tanahun Awaj
कानुनविचार/दृष्टिकोण

आचार संहिता अनुगमनमा कडाई

ऋषिराम पोख्रेल अधिवक्ता

पृष्ठभूमिः
निर्वाचन आयोगका निर्वाचन आयुक्त दिनेश थपलियाले बुधबार पत्रकार सम्मेलन गरेर फरक परिवेशमा विशेष कडाईका साथ निर्वाचन आचार संहिताको अनुगमन पालना गर्न र त्यसको अनुगमन गर्न सम्बद्ध पक्षलाई निर्देशन आव्हान तथा आग्रह गरेका छन् । आज कार्तिक १७ गतेबाट मंसिरको १ गतेसम्म प्रचार प्रसारको अर्को चरणमा प्रवेश गरेको सन्दर्भमा आचार संहिता पालना गराउन आयोगले विशेष चासो देखाएको छ । आयोगले सुक्ष्म अनुगमन गरेर त्यसको कार्यान्वयन तथा सूचना उपलब्ध गराउन आग्रह गरेको छ ।
जुलुस सभा गर्ने समयः
निर्वाचन आयोगले यस पटक चुनाव प्रचारप्रसार गर्ने समय नै तोकिदिएको छ । दलकै सहमतिमा जारी यो समयको पालना गर्न सबै दल, उम्मेदवार र कार्यकर्ता बाद्य हुनेछन् । सो अनुसार विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म १२ घण्टाको समय आयोगले निर्धारण गरेको छ ।
जुलुसमा २५ जनामात्रैः आचार संहिताले उम्मेदवारी दर्ता गर्न जाँदा, घरदैलो प्रचारमा जाँदा सभा तथा जुलुस गर्दा २५ जना भन्दा बढी जान नपाईने व्यवस्था गरेको छ । साथै बाजा गाजा, झाँकीहरु प्रदर्शन नपाईने व्यवस्था गरेर निर्वाचन सभ्य र व्यवस्थित गराउने प्रयास गरेको छ ।
डरत्रास/धम्की दिन नपाइनेः
कुनै दलका उम्मेदवार तथा कार्यकर्ताले प्रतिष्पर्धि उम्मेदवार र दलका परिवारका सदस्य वा कार्यकर्तालाई कुनै पनि तवरले डर त्रास र भय वा धम्की दिन पाईने छैन दिएमा आचार संहिताको उल्लंघन हुने व्यवस्था गरेको छ ।
प्रचापम्प्लेटको साईजः
निर्वाचन आयोगले पर्चा पम्प्लेटको पनि साईज तोकेको छ । सो अनुसार पचहत्त ग्रामको कागजमा तीन सय वर्गइन्च क्षेत्रफलको मात्रै पर्चा पम्प्लेट छपाउन पाईने व्यवस्था छ । त्यो पनि एकै रंगको मात्रै । रंगिन पर्चा पम्प्लेट आचार संहिता विपरित हुन जान्छ ।
भित्तेलेखन/¥यालीमा रोकः
निर्वाचन आयोगले भित्तेलेखन र ¥यालीमा सवारी साधन र झाँकीको प्रयोग गर्नमा पनि रोक लगाएको छ ।
गञ्जी टोपीमा रोकः
निर्वाचन आयोगले जारी गरेको आचार संहितामा जुलुस वा आमसभा समेतका चुनाव प्रचार प्रसारमा भाग लिने व्यक्तिले दल वा उम्मेदवारको चुनाव चिन्ह अंकित टोपी, गञ्जी, गम्छा, मास्क, लकेट, व्याज, ज्याकेट, कमिज, टिसर्ट, झोला समेतका समाग्री बोक्न नपाईने व्यवस्था गरेको छ । तर पर्चा पम्प्लेट भने छुट छ ।
निष्कर्षः
निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो । निर्वाचनलाई जति निष्पक्ष, स्वतन्त्र, पारदर्शी र तटस्थ बनाउन सकियो त्यतिनै लोकतन्त्र सबल हुन्छ । धाँधली, बुथ कब्जा, धाक धम्की जस्ता निषेधको प्रचारात्मक र मतदानको क्रियाकलापले लोकतन्त्रलाई कमजोर तुल्याउँछ । लोकतन्त्र सवल तुल्याउन निर्वाचन आचार संहिता लागू गर्ने निर्वाचन आयोगको सक्रियता सह्रानीय छ ।

Related posts

धान दिवसको मर्म र कर्म-सम्पादकीय

admin

कानूनको शासन र नागरिक दायित्व

admin

सभ्य समाज निर्माणको आधारः लैङ्गिक हिंसाको अन्त्य

admin