24.5 C
Damauli
September 18, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

लहलहैको सिको, निको भन्दा ननिको

छविदीप आले [email protected]

विगत केहि समयदेखि सामाजिक सञ्जाललाई एउटा कुराले तताएको छ । सामाजिक सञ्जाल प्रयोगकै भाषामा भन्ने हो भने भाइरल भएको छ । उक्त विषयवस्तु प्रति समर्थन र विरोधको बहस पनि भईरहेको छ । अधिकांश त आपत्ति र विरोधको आवाजहरु अठिरहेका छन् । आपत्ति जनाउने र विरोध गर्नेहरुमा अधिकांश पुरुषहरु छन् । पछिल्लो समयमा पुरुषहरुले जनाएको आपत्ति र विरोधलाई महिला स्वतन्त्रता माथिको हस्तक्षेप भनेर विरोधको पनि विरोध भईरहेको छ । यसै सन्दर्भमा हिजोमात्र सामाजिक सञ्जालमाएउटा लेख पढ्ने अवसर जु¥यो । जसमा सामाजिक सञ्जालमा भाईरल भईरहेको उक्त विषयप्रति पुरुष वर्गले गरेको विरोधलाई महिला स्वतन्त्रता माथिको हस्तक्षेप र पुरुषले महिलाहरु माथि नियन्त्रण गर्न चाहन्छन् भन्नुको उदाहरणको रुपमा प्रस्तुत गरिएको थियो । पङ्तिकार लेखिएको भनाईसँग सहमत भएर पनि पूर्णरुपमा सहमत हुन सकेन । कुनै पनि विषयप्रति धारणा बनाउने मानिसको क्षमता र दृष्टिकोण व्यक्ति पिच्छे फरक फरक हुन्छ । कुनै पनि विषयलाई हेर्ने नजर र मूल्याङ्कन गर्ने तौर तरिका पनि व्यक्ति पिच्छे फरक फरक हुन्छ । सायद त्यसैले पनि होला म उहाँको विचारसँग पूर्ण सहमत हुन नसकेको । मैले यो आलेखमा प्रस्तुत गर्न लागिरहेको मेरो विचार र धारणाहरु पढिसके पछि शायद मलाई पनि पितृसत्ता र पुरुषवादी सोचले हामी भएको व्यक्तिका रूपमा चित्रण गरिने छ उदि त्यसो भएको खण्डमा मिले तो यथार्थलाई स्वीकार्नुपर्छ किनभने म आफै पनि पितृसताले जकेडेको समाजमा हुर्किएको व्यक्ति हुँ तसर्थ मैले आधुनिक हुन चाँहदा चाँहदै पनि कहिँ न कहिँ पितृसत्ता र पुरुषवादी सोचको अंशहरु म मा पनि हुन सक्छन् । तर यसो भन्दै गर्दा महिला स्वतन्त्रता र नारी पुरुष समान भन्ने विचारको विरोधी भने म होइन । मेरो आशय के मात्रै हो भने म आफै पनि पुरुष भएको र पुरुषवादी समाज देखेर भोगेर हुर्किएको हुँदा मेरा तर्कहरुमा त्यसको असर देखिन सक्छ । त्यसकारण मेरो विचारहरुले मेरो तर्कहरुले महिला दिदिबहिनिहरुको सम्मान माथि आँच पु¥याउन गएमा वा उहाँहरुको स्वतन्त्रताको अधिकार माथि हस्तक्षेप भएको आभाष भएमा हृदयदेखि नै क्षमा माग्न चाहन्छु ।
यति कुरा गरी सकेपछि पाठक बर्गलाई मैले उठान गर्न लागिरहेको विषय बस्तुको बारेमा पूर्वानुमान भैसक्यो होला लागेको छ । मैले उठान गर्न चाहेको विषयवस्तु सामाजिक सञ्जालमा बहसको विषय बनिरहेको एउटा नृत्य गर्ने तरिका अथवा डान्स स्टेप जसमा शरीरको अरु अंगहरु स्थिर राखी नितम्बको भागलाई मात्र जोडजोडले छिटोछिटो हल्लाएर नृत्य गरिन्छ । शुरुमा एक जना महिला कलाकारले हिन्दी सिनेमाको एउटा गित काला चश्मामा उक्त स्टेप राखी नृत्य गरेको भिडियो पोष्ट गरिन् । उनले धेरै आलोचना खेपिन । मानिसहरुले सामाजिक सञ्जालमै तथानाम गालि पनि गरे । कैयौंले त सामाजिक रुममा प्रयोग गर्न नमिल्ने असभ्य भाषामै पनि गालि गरे । जुन सरासर गलत हो । तर पनि उक्त डान्स स्टेप समेटिएको भिडियो पोष्ट हुने क्रम
रोकिएन । लगत्तै निजामति कर्मचारी र स्वास्थ्य कर्मचारीको जागिर पोशाकमै बनाएको भिडियोहरु आए । त्यसपछि यी सबैलाई माथ ख्वाउने खालको एउटा अर्को भिडियो आयो, जुन सायद कुनै पार्टीको क्रममा बनाइएको हुनुपर्दछ । यी सबै भिडियोहरुमा धेरै जसो, नकारात्मक टिप्पणीहरु मात्र आए । त्यसपछि शुरु भयो, महिला स्वतन्त्रता माथि पुरुष हस्तक्षेपको बहस । पुरुषहरुले यसलाई महिला स्वतन्त्रताको गलत प्रयोग, समाजमा विकृति भित्र्याउने चेष्टा आदि इत्यादिको संज्ञा दिईरहे भने महिलाहरुले पुरुषको विरोध र आपत्तीलाई स्वतन्त्र माथिको हस्तक्षेप भन्न थाले । पालैपालो गालिगलौज र भनाभनको श्रृङ्खला शुरु भयो । तर समस्याको जरातर्फ लाग्ने प्रयास कसैले गरेनन् । पंक्तिकारलाई के लाग्छ भने यो विवादको जड अरुको संस्कृतिलाई अर्थ र अवधारणा नबुझिकन प्रयोग गर्न खोज्दाको परिणाम हो र यो विवादलाई बढावा दियो टिकटिक ट्रेनले ।
भिडियोमा जुन प्रकारको नृत्यशैली देखाइएको छ, त्यो विसुद्ध एउटा डान्सिङ स्टेप मात्रै हो । त्यो सिक्न, त्यसको प्रयोग गरेर भिडियो बनाउन जो कोहीलाई पनि छुट छ । यसमा विवाद गरिराख्नु पर्ने आवश्यकता छैन तरपनि भिडिायो कहाँ बनाउने, किन बनाउने, त्यसको प्रभाव के कस्तो रहन सक्छ भन्ने कुराले अर्थ राख्छ । त्यसैले सामाजिक सञ्जालमा भिडियो राख्नु पूर्व यी कुराहरुको ख्याल गर्नै पर्दछ । मैले पढेको लेखमा लेखिकाले निजामति कर्मचारी र स्वास्थ्यकर्मिहरुको भिडियोको जिकिर गर्नुभयो तर यी दुवैलाई पाखा लगाउने खालको तेश्रो भिडियोको प्रसंगै जोड्नु भएन । जुन भिडियो हेर्दा न त प्रतिभाको तारिफ गर्ने कतै ठाउँ छ, न त महिला स्वतन्त्रताको प्रयोगको उपमा नै दिन मिल्छ । उक्त भिडियो हेरेर हरकोहीले सहजै उच्छि«ङ्खल गतिविधिको नाम दिन सक्छ । उक्त भिडियो देखेर पंक्तिकारलाई पनि लागकोको थियोः स्वतन्त्रताको प्रयोग गर्दै गर्दा पनि थोरै सभ्यता त अपनाउनु पर्ने हो कि ?
तेश्रो भिडियोलाई छाडेर बाँकी दुईवटा भिडियो (निजामति र स्वास्थ्यकर्मि) को कुरा गर्ने हो भने त्यसमा त्यस्तो आपत्ती जनाउँनै पर्ने तडकभडक त छैन र पनि त्यो डान्सिङ्ग स्टेप किन र कुन माहोलमा प्रयोग गर्ने भन्ने ज्ञानको भने प्रष्टै कमि देखिन्छ । नृत्य गर्दा प्रयोग गरिने स्टपहरु, प्रस्तुत गरिने हाउभाऊ, अनुहारको भाव यी सबै कुराको आ–आफ्नै अर्थ र महत्व छ । कुनै हाउभाऊ रिस देखाउन प्रयोग गरिन्छ त कुनै प्रेम प्रदर्शन गर्न त कुनै हास्यको लागि । भिडियोमा प्रयोग गरिएको नृत्यशैलीको प्रयोग विशेषतः कामुकता प्रदर्शन गर्नका लागि गरिन्छ । यौन र यौनसंग सम्बन्धित कुराहरुमा नेपाली समाज अझै पनि खुला र उदार भैसकेको छैन । अझै पनि यी कुराहरुलाई समाजले अश्लिल मान्दछ । अपाच्य ठान्छ र अर्को कुरा यही स्टेप यदि कुनै नृत्य प्रतियोगितामा प्रयोग भएको भए त्यो त्यति असहज हुँदैनथ्यो होला । पोशाकको कारणले गर्दा पनि समस्या केही बढ्यो । स्वतन्त्रताको प्रयोग गर्ने छुट सबैलाई नै हुनछ तर समकालिन समाज, आफ्नो सस्कृति, सभ्यता, आफ्नो मौलिकता जस्ता कुराहरुको बारेमा अलिकति त सोच्नै पर्दछ । आधुनिकतालाई पनि राम्रोसंग नबुझेको, नेपाली समाजमा उत्तर आधुनिकताबादी सोंच र सस्कृतिलाई अगाल्दा अलिअलि समस्या आउनु स्वभाविक नै हो । यदि कसैले विद्रोह नै गर्न चाहेको हो भने सम्भावित विरोधहरुको सामना हिम्मत पनि राख्नु पर्दछ ।
समस्या अझै बढ्नुमा समयले पनि भूमिका खेलेको छ । अरु समयमा यी भिडियोहरु आएको भए यति विघ्न विरोध हुँदैनथ्यो कि सायद ? तर माहोल परिदियो तीजको । तीजलाई महिलाहरुको महान चाड मानिन्छ । पहिले पहिले तीजलाई माईतीमा दिदीबहिनीसंग भेटहुने दुःखसुख बाड्ने मौकाको रुपमा लिईन्थ्यो । दुःख पीर वेदनाको गीतहरु गाईन्थ्यो । यस्को अर्थ अहिले पनि तीजमा रोएकै गीतहरु गाउँनु पर्दछ भन्ने कदापी होइन । तर पछिल्लो समयमा तीजको दर खाने नाउँमा रक्सी र मासु खाने जुन खालको प्रचलन बढी रहेको छ, त्यसले आजित भैरहेको बेलामा ठ्याक्कै यो भिडियो आईदिंदा, समस्या अलि बढेको हो कि ? पुरुष बर्गले मनको भडास अलि धेरै देखाएका हुन् कि ? यथार्थलाई त हामीले स्वीकार्नै पर्दछ । पछिल्लो बर्षहरुमा तीजको नाममा विकृति बढिरहेको तितो सत्यलाई त नकार्न सकिदैन ।
यो विवादमा समस्या बढेको, सबैभन्दा प्रमुख कारण चाही पंक्तिकारलाई टिकटिक ट्रेण्ड हो जस्तो लाग्दछ । मैले यसो भन्दै गर्दा टिकटक प्रयोगकर्ताहरुको भावनामा ठेस पुगेमा क्षमा चाहन्छु । तर यो कुरा सत्य हो । टिकटक प्रयोगको पहिल्लो अवस्था के छ भने कसैले कुनै गीतमा एउटा भिडियो बनायो भने अरुले पनि राम्रो नराम्रो केही नसोंची फटाफट त्यसलाई कपि गरिहाल्नु पर्ने । मानौं त्यसो गरिएन भने स्रीष्टी नै बन्द हुन्छ । सबै उलटपुलट हुन्छ, अहिले बहसको विषय बनिरहेकै भिडियोको कुरा
गरौं । शुरुमा कलाकारद्वयले भिडियो बनाएर पोष्ट गरेपछि ने धेरै नाकारात्मक टिप्पणीहरु आईरहेका थिए त अरुले पनि फटाफट कपि गर्दै पोष्ट गर्नुपर्ने आवश्यकता थिएन । भोलि आफ्नो भिडियोमा पनि यस्तै नकारात्मक टिप्पणी आउँला त्यसले आफैलाई तनाव होला भन्ने बुझेर भिडियो नै पोष्ट नगरकेो भए कुरै सकिन्थ्यो । पोष्ट गरिसकेपछि चाही हुन सक्ने सम्भावित टिकाटिप्पणीको डटेर सामना गर्ने हिम्मत राख्नु
पर्दछ ।
आलेखको अन्त्यतिर आउँदासम्म पंक्तिकार स्वयमलाई माथि प्रस्तुत गरिएका विचारहरुमा पुरुषवादी सोँच हावी भएको छ । तर मेरो आषय चाही आफ्नो स्वतन्त्रताको हकको प्रयोग गर्दै गर्दा, कतिसम्म गर्ने र अरुको संस्कृति अपनाउँदै गर्दा के कति अपनाउने र किन अपनाउने भन्ने कुरामा सदैव सचेत रहनु पर्दछ । अरुको भाषा संस्कृति सिक्न हुँदैन भन्ने होइन, तर सिकेपछि कहाँ कसरी प्रयोग गर्ने भन्ने कुराको पनि ज्ञान हुनुपर्दछ । त्यसैले नेपाली संस्कृति आफैमा धनी छ । हामीले अरुले सिको गरिराख्नु पर्ने अबश्यकता पनि छैन सायद । बरु सकिन्छ भने आफ्नै संस्कृतिको संरक्षण र प्रबद्धन गर्न तर्फ लाग्दा हुन्न र ? जहाँसम्म स्वतन्त्रताको प्रयोगको कुरा छ त्यो सायद आफ्नो मनको शान्तिको लागि गरिने कुरा हो । म स्वतन्त्र छु भनेर अरुलाई देखाईरहन आवश्यक छैन । स्वतन्त्रताको प्रयोग आफ्नो समकालिन समाजको आधारमा गर्नुपर्ने कुरा हो ।
युरोप महादेशमा मानिसहरुको एउटा यस्तो समूह छ, जसको मान्यता मानिसहरु नाङ्गै हुनु पर्दछ भन्ने हो । प्रकृतिक रुपमा मानिस जस्तो छ त्यस्तै हुनुपर्दछ, लुगाफाटो यी अनावश्यक कुरा हुन् भन्ने हो । अब कसैलाई उनिहरुको मान्यता मन प¥यो र म मेरो जीवन मेरो सोंचाई अनुसार जिउन चाहन्छु भन्ने लाग्यो भने नेपाली समाजमा त्यो सम्भव होला
त ? त्यसैले सिको गरौं तर निको हुने तरिकाले गरौं । ननिको हुने तरिकाले नगरौं ।

Related posts

समय सान्दर्भिक योजना

admin

सरकार ! कुरी–कुरी

admin

एकै साथ खडेरीको चामल अभाव- सम्पादकीय

admin