30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

घाइते विद्यार्थीलाई व्यासको सहयोग

दमौली/व्यास नगरपालिकाले दुई विद्यार्थीैलाई आर्थिक सहयोग गरेको छ । बसन्त आधारभूत विद्यालय व्यास–११ मा अध्ययनरत युविना थापा र बेदव्यास प्रा.वि. का विप्लब परियार नगरपालिकाले आर्थिक सहयोग गरेको थियो ।
व्यास नगरपालिकाले दिएको जानकारी अनुसार युविना थापालाई पचास हजार आर्थिक सहयोग गरेको थियो भने विप्लब परियारको भाँचिएको खुट्टा उपचारका लागि आर्थिक सहयोग गरेको थियो ।
व्यास ११ स्थित बुल्दी खोलाले बगाउदाँ थापा ह्युम पाइपमा अड्किएकी थिइन र उनलाई चोटपटक लागेको थियो । उनको अहिले पोखरा स्थित फिस्टेल हस्पिटलमा उपचार भइरहेको छ । विप्लब परियार विद्यालयको खेलकुद क्रियाकलापमा सहभागि हुदाँ गोडा भाँचिएर घाइते भएका थिए ।
बाढी पहिरो लगायतको विपदजन्य घटना बढ्ने क्रमप्रति सजग गराउँदै नगर प्रमुख बैकुण्ठ न्यौपानेले सम्पुर्ण नगरबासी संयम रहँदै विपद्मा सम्वेदनशिल बन्दै एक आपसमा सहयोगि भावना देखाउन सम्पुर्ण नगरबासीहरुमा अपिल गरेका छन ।

Related posts

आयोजना प्रभावितको अधिकारप्रति चासो

admin

एसइई नतिजाको सन्देश र शैक्षिक असमानताको खाडल

Deepak Joshi

२८औं बर्षमा प्रवेश- विशेष सम्पादकीय

admin