20.4 C
Damauli
October 29, 2026
Tanahun Awaj
समाचार

काँग्रेस नेताहरुको राजीनामाको लहर

दमौली/नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन २०७९ मा टिकट वितरण गर्दा न्याय गर्न नसकेको, गुटगत भागवण्डामा टिकट बाँडेको ठहर सहित पूर्वसचिवदेखि महाधिवेशन प्रतिनिधिसम्मले पत्रकार सम्मेलन गरेर आफूले राजीनामा दिएको घोषणा गरेका छन् । नेपाली काँग्रेस तनहुँका पूर्व सचिव विश्व बास्तोला, महाधिवेशन प्रतिनिधि महेश्वर भट्टराई, मानकाजी श्रेष्ठ लगायतका थुप्रै नेताले राजीनामा दिएका छन् । त्यसैगरी धेरै नेताहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यसरी स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेमा महेश्वर भट्टराईले शुक्लागण्डकी नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् भने मानकाजी श्रेष्ठले बन्दिपुर गापाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

Related posts

विभेद अन्त्यमा सहयोग गर्नुस: अध्यक्ष श्रेष्ठ

admin

सर्वोच्चको आदेश संविधानको भावनास“ग बाझियोः महासंघ

admin

कसैले हेर्दैन भुँइमान्छे

Tanahun Awajweekly