Tanahun Awaj
समाचार

राजाबादीको शक्ति प्रर्दशन

दमौली/राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत्र १७ गते दमौलीमा गर्ने भनिएको विशाल आमसभालाई राजावादीहरुको शक्ति प्रदर्शनको रुपमा चर्चा परिचर्चा शुरु भएको छ ।
नेपाली काँग्रेसको १४औं महाधिवेशनमा नेताहरुलाई नेपाली जनताले चोर भन्न थालेको टिप्पणी गरेर चर्चा कमाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहित पूर्व अध्यक्षहरु पशुपति शम्सेर जवरा, प्रकाशचन्द्र लोहोनी समेतले सम्बोधन गर्ने सो विशाल भनिएको सभाले तनहुँवासीको दृष्टिकोण प्रकट गर्ने अनुमान गरिएको छ । सो सभालाई भरखरै राप्रपा प्रवेश गरेर पार्टीको महामन्त्री पाएका ज्ञानेन्द्र बहादुर शाहीले समेत सम्बोधन गर्नेछन् । १७ गतेको आम सभालाई तनहुँका राजनीतिक नेतृत्वबाट चासोका साथ प्रतिक्षा गरिएको छ ।

Related posts

नगरप्रमुखको सहजीकरणबाट खुल्यो तालाप्राविधिक समस्याले तालाबन्दीसम्म पुग्यो समस्या

admin

नतिजामुखी कूटनीतिको अपेक्षा

Deepak Joshi

आधारहिन अभिमानको अवसान: ढल्दै पुष्पकमल नेतृत्वको १८ महिने सरकार

admin