Tanahun Awaj
समाचार

उत्कृष्ण जिल्ला प्रतिनिधि भट्टराई

दमौली/इन्सेकले तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईलाई उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा पुरस्कृत गरेको छ । भट्टराई २०७८ को उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा पुरस्कृत भएका हुन् ।
भट्टराईलाई इन्सेकले गण्डकी प्रदेशको उत्कृष्ट जिल्ला प्रतिनिधिको पुरस्कार र सम्मानपत्र प्रदान गरेको हो । इन्सेकद्वारा प्रकाशित नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ को शनिबार पोखरामा आयोजित सार्वजनिकीकरण कार्यक्रममा उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य मार्फत भट्टराईलाई पुरस्कार र सम्मानपत्र ग्रहण गरेका थिए ।
भट्टराईले यस अघि सन २०१५ मा पनि उत्कृष्ट जिल्ला प्रतिनिधि पुरस्कार प्राप्त गरेका थिए । सन २००४ देखि तनहुँमा इन्सेक जिल्ला प्रतिनिधिको रुपमा कार्यरत भट्टराई मानवअधिकार र सामाजिक न्यायको अभियानमा निरन्तर क्रियाशील छन् । पत्रकारितामा समेत आबद्ध भट्टराई नेपाल पत्रकार महासंघ तनहुँको पुर्व अध्यक्ष तथा लोकवाणी दैनिकका सम्पादक समेत हुन् । सात हजार राशीको नगद पुरस्कार र सम्मानपत्र रहेको छ ।

Related posts

संहिताका चुनौती विषयक अन्तरक्रिया

Deepak Joshi

व्यास न.पा.लाई हम्मेहम्मे

admin

पूर्ण स्मृति सम्मान तथा पुरस्कार प्रदान

admin