18.6 C
Damauli
October 29, 2026
Tanahun Awaj
समाचार

राष्ट्रपति शैक्षिक सुधार, तनहुँका ४८ विद्यालय छनौट

दमौल/राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि तनहुँका ४८ विद्यालय छनौटमा परेका छन् । शिक्षा तथा मानव विकास श्रोत केन्द्रले फागुन ३ मा जारी गरेको सूचनामा तनहुँका १० स्थानीय निकायका जम्मा ४८ विद्यालय छनौटमा परेको जनाएको हो ।
केन्द्रको सूचना अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७६ मा रहेको व्यवस्था बमोजिम देश भरका७५३ स्थानीय निकायका चार हजार १७२ विद्यालय छनौटमा परेका हुन् ।
तनहुँका १० स्थानीय निकाय मध्ये भीमादका ६ , बन्दीपुरका ५, भानुका ५, व्यासका ८, म्याग्देका ३, आबुँखैरेनीका ४, ऋषिङका ४, शुक्लागण्डकीका ५, घिरिङका ४ तथा देवघाट गाउँ पालिकाका ४ गरी ४८ विद्यालय छनौटमा परेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भीमादका २ तथा भानुका २ विद्यालय तथा अन्य पालिकाका १÷१ विद्यालय गरी जम्मा १२ वटा विद्यालयले चारकोठे भवन निर्माणका लागि प्रति विद्यालय ३६ लाखका दरले अनुदान प्राप्त गर्नेछन् ।
यसैगरी १० वटा विद्यालयले २ कोठे भवन निर्माणका लागि प्रति विद्यालय १८ लाख प्राप्त गर्ने छन् । आँबु खैरेनीको रामशाह मावि ल्याब स्थापनाका लागि छनौटमा परेको छ भने बाँकी २५ विद्यालय सूचना तथा सञ्चार प्रविधिको विकास कार्यक्रमका लागि छनौटमा परेका छन् ।
ल्याव स्थापनाका लागि छनौटमा परेको विद्यालयले १० लाख रुपैयाँ पाउने छ भने सूचना तथा सञ्चार प्रविधि विकासका लागि छनौटमा परेको विद्यालयले ६ लाख ५० हजार रुपैयाँ पाउने छन् ।
छनौटमा पर्नेमा ७ वटा आधारभूत तहका विद्यालय तथा ४१ माध्यमिक विद्यालय रहेका छन् ।
कार्यक्रम अन्तर्गत तनहुँमा शैक्षिक सुधारका लागि सात करोड ८४ लाख ७५ हजार रुपैयाँ भित्रिने छ ।

Related posts

एक वर्ष नबित्दै तेस्रो पटक विश्वासको मत
सबै दलले पुष्टि गरे विकल्प मध्यावधि चुनाव

admin

हङकङ समाजको झण्डै चार लाख सहयोग

admin

१२औं दिनसम्म चलेको पाचौं आदिवासी तनहु महोत्सव सम्पन्न
डेढकरोड भन्दा बढीको आर्थिक कारोवार भएको दावी

admin