Tanahun Awaj
समाचार

चौंथो चरणमा जनतासंग नेता जोशी

दमौली/नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले फागुन नौ गतेबाट चौथो चरणको जिल्लाभ्रमण शुरू गर्ने भएको
छन् ।

बैशाख ३० देशभरका ७५३ स्थानीय तहमा एकै दिन निर्वाचन गर्ने चर्चा चलिरहँदा जोशीको चौथो चरणको कार्यक्रम सार्वजनिक भएको हो । यो कार्यक्रम नौ गतेदेखि १९ गतेसम्म ११ दिन जारी रहनेछ ।

तनहँुको दशवटै पालिकामा पालिकास्तरिय भेला गर्ने मूल लक्ष्यका साथ जोशीले चौथो चरणको कार्यक्रम सार्वजनिक गरेका छन् । नेपाली काँग्रेस तनहूँको नेतृत्वले आवश्यक समन्वयर समझदारी कायम नगरी एकलौटी पाराले निर्वाचनमा जान खोजेमा दशवटै पालिकामा जनताको टिकटबाट उम्मेदवारी दिने उद्घोष गरेर २०७८ कार्तिक २२ गतेबाटै भेटघाट कार्यक्रम टोल वडास्तरमा सकेर चौथो चरणमा पालिकास्तरमा प्रवेश गर्को जोशी निकट स्रोतले बतायो ।

हाल माघमा आएर शेखर समूहले समेत गठबन्धन गरेर अर्को दललाई दिएमा सो दिएको ठाउमा काँग्रेसको उम्मेदवार उठ्ने बताई रहेको छ ।

चौथो चरणमा फागुन ९ गते व्यास नगरपालिका स्तरिय भेला सम्पन्न गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी १० गते शुक्लागण्डकी न. पा. स्तरीय भेला दुलेगौडामा गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी १० गते शुक्लागण्डकी न. पा. स्तरीय भेला दुलेगौंडामा हुनेछ । फागुन ११ गते भानु न पा स्तरीय कार्यक्रम भन्सारमा हुनेछ । फागुन १२ गते थर्पुको बेलटारमा म्याग्देस्तरीय भेला हुनेछ । त्यसैगरी १३ गते आँबुखैरेनीमा भेलाको आयोजना गरिएको छ । १४ गते घिरिंमा पालीकास्तरीय भेला हुनेछ । १५ गते ऋषिङको भेला सकेर १६ गते दमौलीमा आराम गर्दै आएका साथीहरूसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

फागुनको १७ गते भिमादमा, १८ गते बन्दिपुरमा र १९ गते देवघाटको भेला सम्पन्न गर्ने भ्रमण कार्यक्रम सार्वजनिक गरिएको वि पी विचार समाज तनहँुले जनाएको छ ।

Related posts

शिवकालिकाको साधारण सभा

admin

उच्च अदालतमा भरखरै सिफारिस न्यायाधीशद्वयलाइ सम्मान

admin

एकिकरण आयोजना स्वीकृत

admin