Tanahun Awaj
समाचार

आवास अधिकारः एक अन्तरक्रिया

बन्दिपुर/बन्दिपुरमा आवास अधिकार सम्बन्धी विषयमा सरोकारवालासंग मंगलबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आवास सम्बन्धी अधिकार संविधान प्रदत्त मौलिक अधिकार हो । बन्दिपुर गाउँपालिकाले नेपाल सरकारको नीति अन्तरगत रही चालु आर्थिक बर्षमा आवास कार्यक्रम सञ्चालन गरेको छ । यसै विषयमा केन्द्रित रही सरोकारवालाहरुको सुझाव संकलन गर्ने उद्देश्यले अनौपचारिक सेवा केन्द्र (इन्सेक)को आयोजनामा सो अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा स्थानीय अगुवा, वडाध्यक्षहरु, विद्यालयका प्रधानाध्यापकहरु, क्याम्पसका प्राध्यापक, विव्यसका अध्यक्षहरु लगायत समाजसेवीहरुको सक्रिय सहभागिता रहेको थियो । सो कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले संविधानमा भएको आवाससँग सम्बन्धित हक र आवासको अधिकारको बारेमा सहजिकरण गरेका थिए ।

Related posts

प्रेस युनियन तनहुँका अध्यक्षको निधन

Deepak Joshi

यस वर्षको एसईई आजबाटः तनहुँमा २२ परीक्षा केन्द्र, ६ हजार १ सय ५५ परीक्षार्थी

Deepak Joshi

सत्यवती मा.वि. दमौलीमा मुटु परिक्षण गरिदै

admin