Tanahun Awaj
Uncategorized

व्यासको प्रस्ताव

दमौली/व्यास नगरपालिकाले दैनिक दुई घण्टा बैंक सञ्चालन गर्न प्रस्ताव गरेको छ । चार जना कर्मचारी राखेर दैनिक दुई घण्टा बैंक चलाउन प्रस्ताव गरेको छ । कोभिडको बन्दाबन्दीको अबस्थामा बैंकहरुले प्रदान गर्दै आएको सेवा अवरुद्ध हुँदा प्रभावित जनजीवन सहज बनाउन यस्तो प्रस्ताव गरेको नगरपालिकाका कार्यालय प्रवक्ता मेघनाथ आचार्यले बताए । नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बैठकले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।
कोभिड–१९ का संक्रमित घर परिवारले उपचारका लागि बैंकमा रहेको रकम समेत भुक्तानी लिन नपाउँदा उपचारमा समेत प्रतिकुल प्रभाव परेको साथै जन जीवन समेत कष्टकर हुन गएको जन गुनासो प्राप्त भएको पनि यसको सम्बोधनका लागि समेत निर्णय आवश्यक रहेको निष्कर्ष नगरपालिकाको नियमित समिक्षा बैठकको रहेको छ ।
बैठकले दमौली बजारका भित्री बाटा तथा सार्वजनिक स्थान लगायत ग्रामिण वडाका केहि स्थानहरुमा मानिसहरुको चहलपहल एवं भिडभाड भइरहेको साथै मानिसहरु स्वास्थ्य सम्बन्धी मापदण्डको उल्लङ्घन गर्दै मास्क समेत नलगाई हिंंडेको जन गुनासो आएको भन्दै प्रहरी प्रशासनलाई अनुगमन एवं निगरानी गरिदिन अनुरोध समेत गरेको छ ।

Related posts

किरियापुत्री भवनलाई सहयोग

admin

दलित वस्तीमा डस्टविन वितरण

admin

ई फर इलाफेन्ट कि एलिफन्ट ?

admin