Tanahun Awaj
Uncategorized

मृत अवस्थामा मनु

खहरे/दुई छोरीकी आमा २८ बर्षिया मनुमायाँ थापा मंगलबार मृत अवस्थामा आफ्नै घरमा फेला परेको पारिवारीक स्रोतले बतायो । दिउसो अपरान्ह ३ देखि पाँच बजेभित्रको घटना अनुमान गरिएको छ । मृतकको शरीर भरी निल डाम रहेको कारण कर्तब्यबाट मारेको निष्कर्ष निकाली दुई दिनदेखि साथैमा रहेको देख्ने स्थानीयको सूचनाको आधारमा व्यास–८ का मिलन बंशी ठकुरीका विरुद्धमा किटानी जाहेरी परेको छ । मृतकका पति ओमबहादुर थापा रोजगारीको शिलशिलामा भारतमा रहेका छन् भने साथमा मृतकका १२ बर्षकी र ६ बर्षकी दुई छोरी रहेको जाहेरवाला वीरबहादुर थापाले जानकारी दिए ।

Related posts

मूख्यमन्त्री प्राप्तिले इतिहास व्यूझायो

admin

मानुङ्कोटः उदाउँदो पर्यटकीय गन्तब्य

admin

दमौलीमा २ दिने लैङ्गिक समानता प्रशिक्षण

admin